कतार प्रहरीमा १ सय ७९ जना नेपाली भर्ती ।

Saturday, 7 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := १ सय ७९ जना नेपाली कतारको प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ ।

तालिम सकिएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका छन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो। नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो। प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले इमानदारीको साथ कायस्थलमा आफ्नो दायित्व निर्वाह गर्न नेपालीलाई आग्रह गरे ।

कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभाव कारी हुने कतारले विश्वास लिएको छ । कतारले पहिलो पटक एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । यस अघि कतारले नेपालीलाई कामदारका रूपमा मात्रै लैजाने गरेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu