परवानिपुर:= अहिले बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस ( COVID-19) को बारेमा यहाँहरु सम्पुर्णलाई अबगत नै छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको महामारी बिश्वभर फैलिरहदा उक्त भाइरसबाट जोगिन अरु देशमा जस्तै नेपालमा समेत ठाउँ ठाउँमा जनचेतना मुलक कार्यक्रम हरु सुरक्षामा विशेष ध्यान दिदै आयोजना गरिरहेको छ ।
त्यस्तै जनचेतनामुलक कार्यक्रम हिजो आईतवारको दिन नेपालको परवानिपुरमा आयोजना गरि सम्पन्न गरेका छ्न।
उक्त नि:शुल्क खाना शिविर कार्यक्रममा पैदल यात्रुहरूको लागी खानाको ब्यवस्थापन समेत गरिएको थियो।
नेपाल सरकारले गरेको लकडाउनको कारण यतिबेला देशको विभिन्न नाकामा बिचलीमा परेका यात्रुहरुको लागी कोरोना सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दै परवानिपुरमा कानु समाजले खानाको नि:शुल्क ब्यवस्था गरेका छ्न्।
त्यहाँका स्थानीय बासिन्दाहरु गरीब साह ,लालबाबू साह, रामाधार साह, हीरा महतो, अनिल साह, सँतोश साह, पानन लाल कुशवाहा, कादिर आलम लगायतको सहयोगमा उक्त ठाउँमा अलपत्र परेका करिब ५ सय पैदलयात्रुहरुलाई नि:शुल्क खाना खुवाइएको समाज परिवर्तन नेपाल पर्साको अध्यक्ष अकलेस साहले बताउनु भयो।