मेयर द्वारिकलालले नगरभित्रका बिपन्न,गरिब परिवार लाई राहत स्वरुप खाद्यान्न बितरण गर्दै।

Tuesday, 31 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनसरी ( इटहरी ) := पत्रकारको नाकको हड्डी भाच्ने जस्ता शब्द बोलेर त घरी बिकास निर्माणको काम गरेर , भ्रष्टाचारको विरुद्धमा आवाज उठाएर , भ्रष्टाचार गर्नेलाई झपड हानेर,पत्रकार संग कड्केर बोलेर यस्तै यस्तै विभिन्न काण्डले बेला बखत विभिन्न कारणले चर्चामा आईरहने मेयर हुन द्वारिक लाल चौधरी ।
इटहरी उपमहानगरपालिका मेयर द्वारीक लाल चौधरीको चर्चा यतिबेला पुनः चुलिएको छ ।

मेयर द्वारीक लालले दैनिक ज्याला मजदुरी गर्नेको चुलो बल्ने स्थिति नभएको र तिनिहरुको अवस्था दिनप्रतिदिन नाजुक हुँदैगैईरहेको बताएका छन् ।
विश्व यति वेला कोरोना भाइरसले गर्दा आतङ्कित बनेको बेला यसबाट बच्न नेपाल सरकारले पहिला लागू गरेको चैत १८ गतेसम्मको लकडाउन चैत २५ गतेसम्मको लागी थप गरिसकेको

यस्तो अवस्थामा आफ्ना नगर भित्रका जनताका दैनिकीको बारेमा गम्भीर हुँदै कार्यपालिकाको बैठकबाट आफ्नो नगर भरि रहेका गरिब,विपन्न ज्याला मजदुरी गरी आफ्नो गुजारा चलाउने घर परिवारलाई तत्काललाई एक हप्ता सम्म पुग्ने खाद्यान्न सामाग्री नुन, तेल, दाल र चामल राहत स्वरुप वितरण गरिरहेको जनाइएको छ। उनी आफ्नै सक्रियतामा वाड वाडमा गएर राहत वितरण गरिरहेका छन् , सुरक्षा अनुगमनमा समेत खट्ने गरेको पाईएको छ ।

इटहरीमा करिब चालिस हजार घर परिवार रहेकोमा करिब दश देखि पन्ध्र हजार घरपरिवार ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका छन् । देश लकडाउन भए पछि ती परिवारले दैनिक ज्याला मजदुरी गर्न नपाएको र खाद्यान्न सामाग्री पनि सञ्चय गर्न नपाएकाले नगर सरकारले तिनीहरूलाई राहत दिइने गरेको मेयरले बताए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu