शिवराज नगरपालिकाका युवाहरुले गरे ३ वटा गाउँका १० विपन्न घरपरिवारलाई राहत वितरण।

Tuesday, 31 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ,राम अवतार चौधरी,,
कपिलवस्तु:= सन्नी चौधरीको बार्षिक पुण्यतिथि र लकडाउनको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकाका युवाहरुले राहत वितरण गरेका छन् । दैनिक मजदुरी गरि घर खर्च चलाउने अति विपन्न परिवारलाई शिवराज नगरपालिकाका युवाहरुले व्यक्तिगत आर्थिक संकलन गरि राहत वितरण गरेका हुन्।

कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ मा पर्ने भितरिया गाउँको ४ घर परिवार सहित सोनवागढ मन्दिर लगायत वडा नं. ५ दक्षिण राहटकोलका ३ जना विपन्न परिवार, वडा नं. १ को भलुही गाउँका २ घरपरिवार गरि १० घरपरिवारलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ वटा सावुन र ५ किलो पिठो वितरण गरेको स्थानिय युवा उत्तम चौधरीले बताए।

लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले खाना लाउन समस्या भएका अति विपन्न परिवारलाई स्थानिय युवाहरुले मिलेर उठाएको राहत वितरण गरेको चौधरीले जनाए । राहत जुटाउन सहयोगी युवाहरु उत्तम चौधरी, प्रकाश चौधरी, सागर चौधरी, विष्णु चौधरीको आर्थिक सहयोगमा विशेष भुमिका रहेको उनले बताए । 

यस्तै आर्थिक सहयोगका लागि थप सहयोगीहरुका रुपमा प्रदिप चौधरी, विष्णु खड्का र विजयको भुमिका रहेको जनाउँदै स्थानिय युवाको सक्रियतामा करिव २५ हजार बराबरको राहत वितरण गरेको प्रकाश चौधरीले जनाए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu