बैजनाथ चौधरी मलेसियाको अस्पतालमा छ्टपटाउदै/NRNA मलेसियाले गरे आर्थिक सहयोग।

Thursday, 5 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ (NRNA) मलेसियाले बिरामी परेर अस्पतालमा थल्ला परेका दुई नेपाली श्रमिकलाई उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ ।

नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनी निवासी ४३ बर्षिय बैजनाथ चौधरी बिगत सात बर्ष देखि रोजगारीको निम्ति मलेसियामा कार्यरत रहेका थिए । आफू कामगर्ने कम्पनीमा उचित पारीश्रमिक नपाएपछि केही बर्षदेखी अबैधानिक रुपमा काम गर्दै आईरहेका थिए ।

तर केही महिना अगाडी मात्रै उच्च रक्तचापको कारण बेहोस भैई १ महिनादेखि क्वालालम्पुरमै अवस्थित युनिभर्सिटी मलाया नामक अस्पतालमा जिल्लाबासी निजको आफन्त बिगत लामो समयदेखी मलेसियामै रहेर समाजसेवा गर्दै आईरहेका प्रवासी थारु सेवा समाज मलेसियाको कोषाध्यक्ष लगायत विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध युवा रमेश कुमार पजियार थारुको विशेष सहयोगमा अस्पताल भर्ना गरिएको थियो।

( एनआरएनए मलेसियाको पदाधिकारीहरु अस्पतालमा उपचाररत रहेका नेपाली पीडित श्रमिकलाई भेट्दै गर्दाको माथिको तस्बिर )

बैजनाथ चौधरीको उपचारमा संङ्लग्न डाक्टरले बताए अनुसार चौधरीको अत्याधिक उच्चरक्तचापको कारण टाउको भित्र दिमागमा रगत जमेको बताउनुभयो।
नेपाली श्रमिक बिरामी परेर अस्पतालमा थल्ला परेकोबारे एनआरएनए मलेसियाले थाहा पाए लगतै बुधबारको दिन एनआरएनए मलेसियाका संरक्षक , अन्तर्राष्ट्रिय समन्वय परिषदको मानार्थ परिषद सदस्य शँकर बहादुर पौडेल , बर्तमान अध्यक्ष हरि भट्टराई , महासचिव हेमराज सापकोटा लगायतको पदाधिकारीहरु अस्पतालमा पुगेर चौधरीलाई भेटेर मलेसियन रिंगेट आर.एम १ हजार आर्थिक सहयोग उपचारको लागी प्रदान गरेका हुन ।


( एनआरएनए मलेसियाले पीडित श्रमिकको उपचारमा सघाउन अस्पतालमा तिरेको आरएम १ हजार रिंंगेटको बिल )

चौधरीको उपचारार्थ सो अस्पतालमा खर्च भएको तिर्नु पर्ने अहिलेसम्मको बिल १५ हजार रिंगेट खर्च भएको छ। साथै उनलाई सकुशल नेपाल फिर्ता गराउन पुनः १५ हजार रिङ्गिट बराबरको खर्च लाग्ने देखिएको छ। उनको रेखदेखमा लागीपरेका समाजसेवी रमेश चौधरीले सहयोगी मनको धनीहरुमा सक्दो आर्थिक सहयोग उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ ।

त्यसैगरी एनआरएनए मलेसियाले युनिभर्सिटी मलाया अस्पतालमै उपचाररत रहेका नेपाल ठेगाना डडेल्धुरा निवासी लोकबहादुर बिष्टलाई पनि मलेसियन रिंगेट आरएम १ हजार आर्थिक रकम उपचारमा सहयोग स्वरुप प्रदान गरेको छ ।


बिष्ट बिगत ६ बर्षदेखि मलेसियामा कार्यरत रहेको थियो , तर बिष्ट कार्यरत सो कम्पनीमा कार्यअवधी सकिएपछि घर जान्छु भन्दा कम्पनीले जान नदिएपछि कम्पनी छोडेर भागेर केही बर्षदेखि अबैधानिक रुपमा काम गर्दैआईरहेका थिए ।
बिष्टलाई बाटो काट्ने क्रममा बिपरित दिसाबाट आएको मोटरसाइकलले ठक्कर दिएर खुट्टा भाचिएर अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।

केही समययता एनआरएनए मलेसियाले स्थापना गरेको श्रमिक कल्याणकारी कोषको रकमबाट यहाँ रहेका पीडित नेपाली श्रमिकहरुलाई सकेको आर्थिक , भौतिक सहयोग गर्न,खर्च गर्न लागीपरेको देखिन्छ । बिदेशमा कहिकतै कुनै श्रमिक पीडित छ्न भने एनआरएनए मलेसियालाई खबर गर्नुहुन अध्यक्ष भट्टराईले आह्वान समेत गर्नुभएको छ ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu