झुम्का:= लोप भएका थारु संस्कृति उठान गर्दै “अखारी पसारी शिरुवा उसारी” बृतचित्र प्रदर्शन गरेका छन् । रामजानकी युवा क्लवको आयोजनामा बुधवार प्रदर्शन गरिएको बृतचित्रमा पुर्वमा थारु समुदायले मनाउने बहरजात्रा पर्व देखि लिएर पश्चिममा मनाउने माघि पर्वको मौलिक संस्कार बारेमा समावेश गरिएको हो ।
रामुधनी नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा उद्धघाटन गर्दै झुम्काको म्याजिक सिनेमा हलमा प्रदर्शन गरिएको छ । रामजानकी युवा क्लव रामधुनी वडा नं. ७ खरहीटोलका अध्यक्ष फुलो चौधरीको लेखन तथा लगानिमा थारु समुदायले बर्षभरीनै मनाउने पर्वको पुजा गर्ने बिधि, उधेश्य, पौराणिक महत्व र मान्यतालाई प्राथमिक्ता राखेका छन् । महामारीबाट बच्न थारु समुदायले सुरु गरेको बहर जात्रा पर्व हालमा लोप भएर मनाउन छाडेकाले यसबारेमा उठान गरेका छन् । स्थानिय जानकार ब्यक्तिहहरुको धारणा समेत लिएको छ । मनाउनेत तरिका बिधि बारेमा दृश्याङ्कन गरेका छन् । यस दृश्यबाट बहरजात्रा मनाउने बारेमा प्रष्टले बुझन सकिन्छ ।
माघि पर्व पुर्वमा तिला संक्रान्तिको रुपमा मनाउने गरेका छन् भने पश्चिममा नयाँ बर्ष तथा अगुवा चुन्ने परम्परा रहेकाले सो बारेमा जानकारी दिएका छन् । अगुवा छान्ने छलफल देखि लिएर पर्वमा गरिने संस्कारका बारेमा दृश्यालोकन गरिएको हो । यसैगरी पुर्वका थारु समुदायले तिहारमा मनाउने गोबरधन पुजा, हुरा, हुकेहुका, जमजितियाका बारेमा उठान गरेका छन् । होलि तथा फगुवा पर्वमा फुटेका टिको भाडो बजाउदै गाउने जोगिरा र लगाउने आयुबेर्दिक रंगका बारेमा जानकारी दिएका छन् । रंगले छाला रोग निको हुने लगायतका आत्मियताकालागी थारु समुदाय होली खेल्ने गरेको उधेश्य दर्शाएका छन् । दहि च्युरा खाएर मनाउने रैब पर्व, दशमी, शिरुवा, नेमानि, आखारी, जितिया, एकादशी, लगपाचेको बारेमा दृश्य सहितको जानकार ब्यक्तिहरुको भनाई समेटिएको छ ।
थारु चलचित्र तथा सास्कृतिक संघ केन्द्रिय अध्यक्ष तथा कलाकार परशुराम चौधरीको लेखन निर्दैशन, रेनु चौधरीको सम्पादन रहेको छ । बृतचित्र हेरेर प्रतिकृया दिदै थारु ऐतिहासिक परमपरालाई संरक्षण गर्ने प्रयास गरिएकोले रामधुनी वडा नं. ४ इकराहिका भोटिलाल चौधरी शुभकामना ब्यक्त गरेका छन् । कतिपय परम्परा, संस्कार नयाँ पुस्ताले जानकारी पाउन नसकेकाले सो बारेमा बृतचित्रले प्रष्टपार्दै थारु समुदायको पहिचान संरक्षण समेत भएको चौधरीले बताए । बृतचित्रमा पर्वहरुको सुरुवाति अवस्था र सुरु भएको उधेश्यमा बिस्तृत जानकारी दिन सक्नु पथ्र्यो भनेर समेत चौधरी सुझाव ब्यक्त गरेका हुन् । बृतचित्र उद्धघाटनमा नगर उपप्रमुख सबिना चौधरी, ७ नं. वडा अध्यक्ष केशव गौतम, थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखि, थाकस केन्द्रिय पुर्व अध्यक्ष चन्द्रकुमार चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरीले शुभाकामना ब्यक्त गरेका थिए । बृतचित्र बिहिवार पनि बिहान ११ः०० बजे देखि म्याजिक सिनेमाहलमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् ।