काठमाडौं:= नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् ।
सोमबार साँझ राष्ट्रका नाममा समाजिक संजाल र टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताए।
उनले महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियाका देशहरू मध्य नेपालको अवस्था सन्तोषजनक रहेको बताए । क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताए ।
उनले विदेशमा रहेका नागरिकप्रति संवेदनशील रहेको बताए । छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताउदै परीक्षणमा आउन र चेकजाँच गराउन उनीहरुलाई आग्रह समेत गरेका छ्न।