सञ्चारकर्मी विफा चौधरीमाथी राति अज्ञात समूहले आक्रमण गर्दै गरे हत्याको प्रयास।

Saturday, 30 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नमस्ते सम्बाददाता,,
टीकापुर:=
रेडियो नमस्तेकी सहकर्मी एवं प्राविधिक विफा चौधरीको शुक्रवार राति अज्ञात समूहले हत्या प्रयास गरेको छ । टीकापर नगरपालिका वडा नं.–१ ब्लक नं.–१६ मा डेरामा बस्दै आएकी २२ वर्षीया चौधरीलाई शुक्रवार राति करिव ९ बजे तीन जनाको समूहमा आएको अज्ञात समूहले हत्या प्रयास गरेको बताइएको छ ।

करिव २०/२५ मिटरको दुरीमा रहेको छिमेकी डेराकी साथीसँग गफगाफ गरेर सुत्न कोठामा पुगेकी विफालाई उनकै कोठाभित्र अज्ञात समूहले नियन्त्रणमा लिइ हत्या प्रयास गरेको विफाले प्रहरीलाई प्रारम्भिक वयानमा बताएकीछिन् ।
कोठामा बत्ती वालेर शौचालय गएकी विफाले कोठामा पुग्दा बत्ती निभाएको अवस्थामा कोठाभित्र पस्दा मुखमा कालो रङ्गको मास्क लगाएको तीन जनाको समूहको नियन्त्रणमा परेको बताएकीछिन् ।
उनी डेरामा एक्लै वस्दै आएकीछिन् भने स्वास्थ्यकर्मी घर धनी शुक्रवार राति क्वारेन्टाइनमा ड्युटीमा गएकी थिइन् ।

  • उनले भनिन्–‘दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिए अर्काले झुण्डयाउन आफ्नो दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मुख थुनेर मार्न खोजेका थिए ।’
  • इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टले घटनालाई विभिन्न कोणबाट सूक्ष्मरूपमा अनुसन्धान भइरहेको र दोषीको पहिचान गरी कानुनी दायरामा ल्याइने बताएका छन् ।

उनले भनिन्–‘दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिए अर्काले झुण्डयाउन आफ्नो दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मुख थुनेर मार्न खोजेका थिए ।’ घटनाको खबर पाउने वित्तिकै ५/७ मिनेट भित्र पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको अवस्थामा रक्ताम्मे फेला पारेको जनाएको छ ।प्रहरीले उनको हात दोपट्टाले कडासँग बाँधेको अवस्थामा फेला पारेको  बताएको छ ।विफाले वीरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति धनञ्जय रिमाल फकिरलाई भिनाजु मलाई मार्न लागे बचाउनु भन्दै फोन गरेपछि उनीहरू भागेको बताइएको छ । विफाको हात ब्लेडले चिरिएको, निधारमा चोट लागेको छ भने प्रहरीले उनको कोठाबाट उनले प्रयोग गर्दै आएको फोन, रगत लतपतिएको कपडा, दुई वटा ब्लेड बरामद गरेर अनुसन्धान शुरू गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टले घटनालाई विभिन्न कोणबाट सूक्ष्मरूपमा अनुसन्धान भइरहेको र दोषीको पहिचान गरी कानुनी दायरामा ल्याइने बताएका छन् ।
विफालाई वेहोश अवस्थामा प्रहरीले उद्दार गरेर टीकापुर अस्पताल पुर्‍याएको हो भने अस्पतालले शनिवार विहान १ बजे उनलाई उपचारपछि डिस्चार्ज गरेको छ ।
उक्त घटनाको रेडियो नमस्ते परिवार घोर भत्र्सना गर्दै दोषी उपर छानविन गरी कडा कारवाहीको माग सहित सहकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu