थरुहट//थारुवान आन्दोलन बारे ड्न्डामा बैठक जारी

Saturday, 10 September 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अग्यौली,नवलपरासी २५ भदौ,सनिवार ।।थरुहट/थारुवान आन्दोलन बारेमा डन्डामा बैठक जारी रहेको छ । तराइमा थरुहट प्रदेशम हुनुपर्ने, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व राज्यको सबै अंगमा हुनुपर्ने लगायतको माग राखी विगत एक बर्षदेखी थारुहरु आन्दोलनमा छन्, आगामी  थरुहट/थारुवान आन्दोलनको तयारीको बारेमा बैठक बस्न लागेको युवा नेता मणिराज महतोले जानकारी गराएका हुन् ।कार्यक्रममा चितवन, नवलपरासी र रुपन्देही जिल्लाबाट प्रतिनिधि आउने जानकारी गराएका हुन् ।चितवनबाट थारु कल्याणकारिणी सभाका सभापति विश्राम महतो, ललित चौधरी र टिकेन्द्र चौधरी लगायतका प्रतिनिधि सहभागी भएका छन् , नवलपरासीबाट थारु कल्याणकारिणी सभाका सभापति गणेश महतो, युवा नेता मणिराज महतो, थारु विद्यार्थी समाज नवलपरासी जिल्ला अध्यक्ष शेरचन्द्र चौधरी, आदिवासी जनजाति विद्यार्थी महासंघ नवलपरासी जिल्लाका अध्यक्ष  राजकुमार महतो लगायतका प्रतिनिधि रहेको छ त्यसैगरी रुपन्देहीबाट प्रतिनिधि आउने क्रम जारी रहेको छ ।
आज देशैभरि थरुहट/थारुवान संयुक्त संघर्ष समितिको समिक्षात्मक बैठक र आगामी आन्दोलनको बारेमा अन्तरक्रिया कार्यक्रम हुनेछ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu