#शृङ्गारिक गजल!!
जवानि को छाल छल्कायौ अलि अलि गर्दै
भत्तुवा यो मन पल्कायौ अलि अलि गर्दै
हिजो सम्म समीप बस्न लजाउथ्यौ काली
आज पुरै देह ढल्कायौ अलि अलि गर्दै
बान्की कम्मर कोट्याउँदा मस्किने बानी ले
हृदय मा आगो सल्कायौ अलि अलि गर्दै
लाग्छ तिमि लाई सुन्दर बन्ने ठुलो रहर छ
कालो कुरकुच्चा टल्कायौ अलि अलि गर्दै
नयन काले लाई के जादु चलाई छाड्यौ
ढुंगा जस्तो मन गल्कायौ अलि अली गर्दै
राम के शि नयन
तनहुँ राईपुर भुस्नापुर
