म लोकमानलाई २ दुई कारणले समर्थन गर्छु,[सिताराम थारु]

Monday, 24 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सिताराम चौधरी थारु।
अहिले नेपाल लोकमानमय भएको छ। चिया पसलदेखि संसदसम्म यही बहसको विषय बनेको छ। विभिन्न विद्वान र नेतागणहरु लोकमान ठीक वा बेठीक भन्दै विश्लेषण गरिरहेका छन्। ब्यवस्थापिका सांसदमा लोकमानलाई महाभियोग लगाइ निलम्बित गरिसकेको अवस्था छ। अब केही दिनपछि बहुमतले पारित गरी लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखबाट बर्खास्त गरिन्छ होला।

सत्य यही हो। तर मेरो ब्यक्तिगत समर्थन लोकमानलाई छ। मैले २ कारणले मात्र लोकमानलाई समर्थन गर्छु। किनकि यो देश मुख्य दुई कारणले बिग्रेको छ। एउटा नेपालको घुसखोर कर्मचारीतन्त्र र अर्को फोहरी राजनीति। यो दुबै मुद्दा लोकमानसँग सम्बन्धित छ। २० वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कुनै प्रमुखले केही गर्न नसकेको काम आज जुन लोकमानले गर्दै थिए त्यो तारिफयोग्य छ। आज कुनै कर्मचारी वा नेताले घुस लिन खोज्यो भने कमसेकम एकचोटि लोकमानलाई सोच्छन्। यो नेपालको लागि सकारात्मक कुरा हो।

मैले देखेको नेपालमा त्योभन्दा पनि बोल्ड हिम्मतवाला लिडरको आवश्यकता छ। नेपाल यतिधेरै बिग्रिसकेको छ कि यहाँ एउटा हिटलर नजन्माइ कुनै परिवर्तन हुनेवाला छैन। हामीले देशको उन्नति, विकास र परिवर्तनको बारेमा सोच्छौं तर जोखिम उठाउन खोज्दैनौं। कोही जोखिम उठाएर केही गर्न खोज्यो भने उसलाई साथ दिनुको साटो मिलेर पछार्न लागिपर्छौं। यो नै प्रगतिको पहिलो बाधक रोग हो। यहाँका ख्रोक्रो राष्ट्रवादीले देशलाई यति धेरै खोक्रो बनाइसकेका छन्, यति धेरै परिवर्तन ल्याइसकेका छन् कि गरिब जनताको छोराछोरी सरकारी स्कुल पढ्नुपर्ने, गरिब जनताको छोराछोरी सरकारी हस्पिटल जानुपर्ने तर उही स्कुल हस्पिटलमा काम गर्ने शिक्षक डाक्टरका छोराछोरी आफैँले काम गर्ने स्कुलमा नपढाउने, आफैँले काम गर्ने हस्पिटलमा औषधि नगराउने किन? यो आफैँलाई विश्वास नगरेको होइन र? यी र यस्ता मानसिकता कहिले परिनर्तन गर्ने?  आज यही परिवर्तन, यही समानता र यही विकास देशले मागिरहेको छ। त्यसर्थ सर्वप्रथम घुसखोर कर्मचारीतन्त्र र फोहोरी राजनीतिमा आमूल परिवर्तन हुनु जरुरी छ।  यसका लागि हिम्मतवाला लोकमान जन्मिनुपर्छ।

हो, विगतमा लोकमानले गरेका गल्ती कमजोरीहरु थिए होलान्। तर त्यही कमजोरी देखाएर लोकमानको अहिलेको कार्यसम्पादनलाई गलत भन्न मिल्दैन। यदि त्यसलाई गल्ती मान्ने हो भने लोकमानलाई अख्तियारको प्रमुख बनाउने राजनीतिक दल पनि उतिनै दोषी छन्। लोकमान बर्खास्त हुनु भनेको अख्तियार कमजोर हुनु हो। फेरि भ्रष्टाचारीको मनोबल बढ्नु हो। यहाँ बुझ्नुपर्ने के देखियो भने लोकमान निरंकुश भएर हटाउन खोजेको हो या लहरो तान्दा पहरो जान्छ भनेर नेताले लोकमानलाई हटाउन खोजेको हो? यो सत्य जनताले खोज्नुपर्ने जरुरी छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu