...गजल...
फूल बन्छु म सधै , झरि जाने छैन
तिमीबाट पर कहिलै, सरि जाने छैन !!
धेरै बिश्वास गर त म भन्दिन कहिलै
यति भन्छु अन्तै घात, गरि जाने छैन !!
बैमानीको जालमा पारेर लज्जित बनाई
तिम्रा ती ऑखामा ऑसु, भरि जाने छैन !!
जिन्दगीको सुखदुःख संगै काटौंला बरु
छोडी तिम्लाई एक्लै खोली, तरि जाने छैन !!
जिवनमा आइपरेका कॉडेतार फाल्दै गर्दा
तिम्रो लागि म कहिलै , मरि जाने छैन !!
बाल कुमारी रत्गैंया
बर्दिया
