गजल {"छाएको छ उज्यालो मुसहर बस्तिमा"}

Sunday, 16 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हटेको छ सबै कालो बादलको 
अन्धकार अब मुसहर बस्तीमा।।
भएको छ उज्यालो सबैको 
मुहार मुसहर बस्तीमा ।।

भगवानले पाईला मात्र के राखेका थिए।
आएको छ बल्ल पालो,मुसहर बस्तीमा।।

न थियो खाना ,पानी , शिक्षा, स्वास्थ्य।
न थियो कपडाको टालो,मुसहर बस्तीमा।।

हेर्दा हेर्दै मसान-घाटबाट स्वर्ग भएको छ।
जब चल्यो कुटो कोदालो,मुसहर बस्तीमा।।

रमाएका छन बालक-बृद्धा  युवा-युवती  ।
पाएर हर्षको अंगालो  , मुसहर बस्तीमा।।
अब हासी खुसी बाच्ने छ्न मुसहर बस्तीमा।।

गजल लेखक:=विश्वजित मल्ल 
         {समर्पित बिमस}
             देउपुर पर्वत
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu