जेनिसा चौधरी र चन्दन चौधरी बने पहिलो मिस एण्ड मिष्टर थारु २०७४

Tuesday, 19 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लक्की चौधरी/हमार पाहुरा,,
काठमाडौं:=पहिलो पटक भएको मिस एण्ड मिष्टर थारु प्रतियोगिताबाट चित्तवनकी जेनिसा चौधरी र सिराहाका चन्दन चौधरी मिस एण्ड  मिष्टर थारु २०७४ छानिएका छन् ।
सोमबार अवेर रातीसम्म राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताबाट दुवैजना उपाधी हात पार्न सफल भएका हुन् । प्रतियोगितामा मिस थारुकालागि २७ जना युवती र मिष्टर थारुका लागि २१ जना युवाहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजयी प्रथमलाई ५० हजार नगदसहित सम्मानपत्र, द्वितीयलाई नगद २० हजार रुपैयाँ र सम्मानपत्र र तेस्रोलाई नगद १० हजारसहित सम्मानपत्र रहेको आयोजकले बताएको छ । प्रतियोगितामा युवातर्फ फष्ट रनरअपमा शुभम चौधरी, सेकेण्ड रनरअप प्रद्युम्न चौधरी भएका छन् ।त्यस्तै, युवतीतर्फ फष्ट रनरअपमा सम्झना चौधरी र सेकेण्ड रनरअपमा यारिशा चौधरी भएको निर्णायक मण्डलका सदस्य रामलाल चौधरीले बताउनुभयो ।
प्रतियोगितामा वेष्ट वाक आशिष महतो र सम्झना चौधरी, वेष्ट पोशाकमा महेश चौधरी र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिप्रिजेन्टमा अनुका चौधरी, पब्लिक च्वाइसमा शेखर चौधरी र वेष्ट ट्यालेन्टको उपाधि शुभम चौधरीले हात पारेको आयोजकले बताएको छ ।

निर्णायक मण्डलमा मिस नर्थ इण्डिया २०१३ की ईसा सिंह, मिस नेपाल बब्ली २०१५ की निष्मा चौधरी, मिस एशिया नेपालकी कृषा गिरी, मिस एरोमा चित्तवनकी ईषा प्रधान, मिस नेपाल इन्टरनेशनल वर्षा लेखी थारु र थारु फिल्मस प्रोडक्सनका रामलाल चौधरी रहेका थिए । कार्यक्रमको उदघाटन विजयकुमार गच्छदारले गरेका थिए ।विजयी सबैलाई प्रमाणपत्र तथा मायाको चिनो आयोजक संस्थाका सुरेश चौधरीले प्रदान गरेका थिए । कार्यक्रम नेक्ष्ट इभेन्टस र थारु अनलाईन मिडियाले गरेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu