सैलेन्द्र चौधरी,,
काठमाडौं । राजधानीको नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलले रजत महोत्सव मनाएको छ ।
नेपालको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको सो नाइटिङ्गेलले रजत महोत्सवको अवसरमा मंगलबार भब्य कार्यक्रम गरेको छ । सो अवसरमा विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनको प्रमुख आतिथ्यतामा भएको सो रजत महोत्सवमा विद्यालयका विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले कलात्मक खेल पनि प्रदर्शन गरेका थिए ।
सो अवसरमा मेयर महर्जनले शिक्षा क्षेत्रमा नाइटिङ्गेल स्कुलले गरेको योगदान सह्राहनीय भएको बताए । उनले शिक्षाको विकासमा लागि शैक्षिक क्षेत्रमा सुधार गर्न जरुरी भएको पनि बताए ।सो कार्यक्रममा ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, जिल्ला शिक्षा कार्यालयका प्रमुख देवेन्द्र खनाल लगायतले नाइटिङ्गेल स्कुलले देशमै नाम उच्च बनाएकोमा प्रशंसा गरे ।
सो विद्यालयका प्रिस्सिपल रञ्जना प्रधानले स्थापना कालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । यो विद्यालय २०७२ मा संस्थागत तर्फ सर्वोत्कृस्ट बनेको थियो ।