मकाउ थारु एकता समाजद्वारा राष्ट्रिय भलिबल खेलाडी दुर्गा महतो सम्मानित

Wednesday, 31 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
अनुराग महतो,,
नवलपुर जिल्लाका राष्ट्रिय स्तरमा नै पहिचान बनाउन सफल भलिबल खेलाडी दुर्गा महतो मकाउ थारु एकता समाजद्वारा  समानित भएका छ्न।
हङकङ हुँदै मकाउ गेम खेल्न पुगेका दुर्गा महतो मकाउ थारु एकता समाजका अध्यक्ष  शिवशंकर चौधरीको संयोजकत्वमा उपस्थिति जनाएका समाजका उपाध्यक्ष तारा चौधरी,सचीव नारायण महतो, महासचिव गोपाल चौधरी,कोष अध्यक्षको हातबाट संयुक्त रुपमा केही नगद सहित विभिन्न आकर्षक पुरस्कार,मायाको चिनोबाट  सम्मानित हुनु भएको हो।

मकाउमा कार्यरत आफ्नो समुदायको दाजु भाइ हरु बाट समानित हुन पाउँदा महतो  खुशी महसुस गर्दै सम्पुर्ण मकाउ थारु एकता समाज प्रती धन्यवाद व्यक्त गर्नु भयो।उनले थारु हुनुमा मलाई गर्व छ भने।खेलको क्षेत्रबाट आफुले थारु समुदायलाइ मात्र नभई सिङ्गो नेपाल देशलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताउनु भयो।
भलिबल खेल भने आज बाट सुरु हुनेछ्न।आजको खेलमा मकाउ र नेपाल बिच प्रतिस्पर्धा हुने जानकारी प्राप्त भएका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu