मधेसी दललाई बाम गठबन्धनको प्रस्ताव/उपराष्ट्रपति, सभामुख र चार मन्त्री!

Wednesday, 31 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौ:=वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ। यो खबर हामीले आजको जनता पोस्ट दैनिकमा खबर छापिएका छ्न।
वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेका छन्।

समाचारमा जनाए अनुसार दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए।

राजपा र फोरमको २१ प्रतिनिधिसभा सदस्यको समर्थन पाए वाम गठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ । राजपा र फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउँदै आएका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu