आर एन चौधरी थारु,,
जनवरी/२६ तारिख/शुक्रबार/मलेसिया:=
नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समिती जोहोर मलेसियाको तेस्रो अधिबेशन हुने भएको छ।
"विश्व भर छरिएर रहेका हामी आदिवासीहरु एक होउ"
"अधिकार् प्रतिनिधित्व र स्वासाशनको लागी आदिवासी जनजातीहरुको अडान "
"पहिचान सहितको संघीयताको लागी संविधान संसोधन हाम्रो साझा अभियान" भन्ने मुल नाराको तेस्रो अधिबेशन -२०७४ यहि महिना जनवरी २८ तारिख आइतबारको दिन जोहोरबारुको जेबि भन्ने ठाउँमा अवस्थित होटेल बागुसको प्राङ्गणमा हुने महासंघ मलेसिया क्षेत्रीय समिति जोहोरका सचीव मातृका धिमालले जानकारी गराउनु भयो ।
सचीव धिमालको अनुसार यो अधिबेशन आयोजना गर्नुको मुख्य उदेश्य आदिवासी जनजातीहरुको पहिचान र अस्तित्व प्रवासमा बसेर पनि जोगाउनको निम्ती,छरिएर बसि रहेका जनजातीहरुलाई एकता क्षुत्रमा बाध्नको निम्ती,प्रवासको भुमीबाटै नेपालमा एकल जातिय साशकहरुले ल्याएको अपुरो संविधान संशोधन गराउन दबाब दिनको निम्ती,ओझेलमा पारिएका आदिवासी जनजातीहरुको माग मुद्दा पूरा गराउन दबाबको निम्ती हो र यो अधिबेशन महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाको प्रमुख आतिथ्यतामा ,क्षेत्रीय समितिका कार्यबाहक अध्यक्ष गोपाल राना मगरको सभापतित्वमा,नेपालि राजदुतावास मलेसियाको विशेष आतिथ्यता तथा महासंघमा आबद्ध विभिन्न ११ वटा जातिय संघ संस्थाको प्रतिनिधिहरुको आतिथ्यतामा अधिबेशन आयोजना हुने बताउनु भयो।
नेपाल आदिवासी जनजाती महासंघ मलेसिया यहाँ रहेका नेपाली पीडितहरुको लागी उद्धारको काम देखि लिएर आर्थिक भौतिक साथ र सहयोग तीब्र रुपमा गरि रहेका छ्न।हाल सम्म नेपाल आदिवासी जनजाती महासंघ मलेसियामा नेपाल मगर संघ,तामाङ समाज,प्रवासी थारु सेवा समाज,सुनुवार सेवा समाज,शेर्पा किदुग,तमु समाज लगायतको गरि विभिन्न ११ वटा जातिय संघ संस्थाहरु आबद्ध रहेका छ्न।