आगे आगे मोटर बाइक..पाछे पाछे मोटर कार बोलको थारु म्युजिक भिडियो आउदै

Friday, 26 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
बर्दिया:=बर्दियाको ठाकुरबावा नगरपालिकाको विभिन्न ठाउँमा थारु गीतको म्युजिक भिडियो सुटिङ गरिएको छ । बर्दिया ठाकुरबाबा गाउँपालिका वडा नं. ३ कै कलाकारको मुख्य भुमिकामा रहेको थारु म्युजिक भिडियो गितको सुटिङ ठाकुरबाबा नगरपालिकाको बगनाहा, मानपुर, मिचैया र बबईमा गरिएको छ ।
गायक विश्व सागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितमा मोडेलमा राजकुमार चौधरी र पुष्पा चौधरी रहेका छन् । आगे आगे मोटर बाइक… पाछे पाछे मोटर कार, उ लौवण्डी म्वार हुईटी ना जिस्काउन यार… भन्ने बोलको गितमा मोडल राजकुमार र पुष्पाको मुख्य भुमिका रहेको छ । थारु बहुल्यता रहेको ठाकुरबाबा नगरपालिकामा सुटिङ भएको म्युजिक भिडियो हेर्ने दर्शकहरुको घुइचो लागेको थियो।

यो भिडियो अहिलेसम्म कै फरक किसिमले सुटिङ भएको गायक विश्व सागर परियारले बताए । दुई दर्जन बढि म्युजिक भिडियो बजारमा आएपनि यस्तो खालको पहिरन पहिलो रहेको गायक परियारको भनाइ छ । आगे आगे मोटर बाइक बोलको गितमा लह्रिया र थारु पहिरन झल्कने धोती गम्छा प्रयोग गरिएको उनले बताए । पूर्ण रुपमा थारु संस्कृति झल्कने खालको म्युजिक भिडियो ल्याउन लागेको हुनाले बजारमा तहल्का मच्चाउने मोडेल राजकुमारले बताए । लह्रियाको सिनले झनै हंगामा मच्चाउने मोडेल चौधरीले बताए।

गितको निर्देशन कृष्ण चौधरीले गरेका छन भने क्यामरामा आर.के.सी. स्टुडियो कोहलपुर पिपरीका रामु चौधरी छन । गितको मोडेलमा राजकुमार र पुष्पाले भुमिका खेलेका छन भने उनिहरुको साथमा सुरज चौधरी, सुरन चौधरी, विवेक चौधरी, प्रकाश चौधरी र राहुल चौधरीले साथ दिएका छन् । गितको म्युजिक भिडियो शुक्रवार सम्म आउने गायक विश्व सागरले बताए । कहाँ जाइतो गोरी लचकाइके कमरिया जढल जवानी तु तिर्छि नजरियाको अपार सफलता पछि मोडेल राजकुमारले दोश्रो म्युजिक भिडियो निकाल्न लागेका हुन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu