हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्त)ु:= अति गरिब, निमुखा, विपन्न, असहायहरूकाे लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कपिलवस्तुकाे शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टाेल मदवा गाउँमा वितरण गरिएकाे हाे ।
करिब १ सय घरपरिवारलाई वितरण गरिएकाे छ । जाडाेकाे समयमा लत्ताकपडा बिना चिसाेले गर्दा काेही मानिस ज्यान गुमाउन नपराेस सबै लाई राहत पुग्ने भन्ने उद्देश्यले कार्यक्रम थालिएकाे छ । "सेवा नै धर्म हाे" चिसाेकाे याममा धेरै गरिब परिवारका बुढाबुढी लगायत केटाकेटीहरूले लत्ताकपडा बिना ज्यान गुमाईरहेकाेले कपडालाई मध्यनजर गरेर सम्बृद्व नेपाल काठमाडौं नामक संस्थाकाे बिशेष सहयाेगमा कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
उक्त कार्यक्रम बिगुल बचत तथा ऋण सहकारी संस्थाकाे काेषाध्यक्ष ज्ञान बहादुर जी.सीकाे प्रमुख अतिथ्यिता, थारु पत्रकार राम अवतार चाैधरी तथा वडा सदस्य झबिसरा सुनारकाे अतिथ्यिता, जीत बहादुर वि.सीकाे संयाेजकत्व र वडा प्रहरी कार्यालय चन्द्राैटाकाे नायब प्रहरी निरीक्षक ऋषिराम दहालकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
त्यसैगरी जिल्ला कै विभिन्न ठाउँमा नि:शुल्क वितरण कार्यक्रम भैरहँदा शिवराज न.पा.७, जवाभारी गाउँमा पनि साेही उद्देश्यले लगभग ७० अति गरिब, निमुखा, विपन्न, असहायहरूकाे घर परिवारलाई वितरण गरिएकाे जानकारी गराईएकाे छ । उक्त कार्यक्रम वडा अध्यक्ष अनुप कुमार चाैधरीकाे प्रमुख अतिथ्यिता, जवाभारी स्वास्थ्य चाैकीकाे इन्चार्ज पूर्णिमा खनालकाे अतिथ्यिता, जीत बहादुर बि.सीकाे संयाेजकत्त्व र वडा कार्यालय चन्द्राैटाकाे प्रहरी नायब निरीक्षक ऋषिराम दहालकाे सहजीकरणमा जीत बहादुर बि.सीले जानकारी गराउनु भएकाे हाे ।