रामधुनीमा थारु भाषालाई कामकाजीको भाषामा लागु गर्न जोड्दार माग

Tuesday, 30 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
झुम्का:= सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागु गर्न थारु मिडिया सोसाइटी लगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागु यस्तो माग गरेको हो ।

थारु मिडिया सोसाइटी सुनसरीको संयोजक निशान प्रकृति थारुको सभापतित्वमा र रामधुनी नगरपालिका–१ का वडा अध्यक्ष महेश चौधरीको प्रमुख आथ्थियमा भएको कार्यक्रममा करिब आधा दर्जन संघ÷संस्थाले सयुंक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ती मार्फत माग गरेका छन ।
उदघाटन कार्यक्रममा बोल्दै समाजसेवी तथा राजनितीज्ञ शंकरलाल चौधरीले रामधुनी नगरपालिकामा प्रत्येक वडाहरु करिब ८० प्रतिशत थारु समुदायको बसोबास रहेकोले थारु भाषा लागु भएपछि सरकारी काम गर्न सहज हुने बताए । त्यसै गरी झुम्का खानेपानी उपभाुक्ता समितिका अध्यक्ष केसीलाल चौधरीले थारु भाषा लागु हुदाँ थारु समुदाय संस्कृति भाषा संरक्षण हुने साथै काम पनि सहजता हुने पनि बताएका हुन । थारु भाषा लागु गर्न आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी, थारु महिला सभा रामधुनी नगरका अध्यक्ष सिता चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका, वरिष्ठ पत्रकार याम प्रधान लगायतले आ–आफना मन्तव्य राखेका छन ।

कार्यक्रममा रामधुनी नगरपालिकामा काम काजको लागि थारु भाषा लागु गर्न सोसाइटीका संयोजक निशान प्रकृतिले वडा–१ अध्यक्ष महेश चौधरी लाई हस्ताक्षरित विज्ञप्ती हस्तान्तरण गर्दै नगर प्रमुख जयप्रकाश चौधरी उक्त विज्ञप्ती बुझाइदिनु हुन अनुरोध गरेका हुन ।
रामधुनी नपामा थारु समुदायको करिब ७० प्रतिशत जनसंख्या बसोवास रहेको हुनाले थारु भाषा लागु भएपछि थारु पहिचानको अस्तित्व रहने प्रकृतिले जानकारी दिए ।
थारु मिडिया सोसाइटी सुनसरीको आयोजना भएको माघ १६ गतेबाट सञ्चालन भएर २६ गते समापन हुने तालिममा सुनसरीका ६० जना प्रक्षार्थीहरुको सहभागी रहेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu