रन्जन चौधरी ,
कोल्हवी:=बाराको करैयामाई गाउँपालीकाको वडा नं. ७ मा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को अन्तिम क्वाटर फाईनलको खेलमा बारा –११ शुन्यका बिरुद्ध दुई गोलले विजयी भएको छ ।
बारा ११ र आर्मि श्री चन्दननाथ गण बिच भएको खेलमा पहिलो हाप सम्म कुनै पनि टिमले गोल गर्न सकेका थिएन । बारा ११ का चतुरी चौधरीले राम्रो पास निकालेका थिय तर गोलगर्न चुकेका थिए । दोश्रो हापको खेलमा बारा ११ ले आर्मिलाई दबाममा राखेका थिय । दोश्रो हापकोे २६ औ मिनेटमा जर्सि नं. १५ का गजेन्द्र चौधरीले १ गोल गरी खाता खोले त्यस पछि ३७ मीनेट जादा बारा ११ कै बिवेक चौधरीले अर्को गोल गरी २–० को अन्तरमा जित निकाल्यो ।
खेलको म्यान अफ दि म्याच बिवेक चौधरी बारा ११ कै घोषित भए र उनलाई आयोजकका सदस्य सुरेश चौधरीले ट्रफी प्रदान गरि सम्मान गरेका थिय । साथै १९ गते रेष्टका दिन महिला टिम गाईघाट र चन्द्रपुर बिच हुनेछ । फाईनल खेल २० गते हुनेछ ।
बुधबारको सेमी फाईनल खेल मकवानपुर ११, हेटैडा र ए.पि.एफ रुद्रवाहीनी बिच हुने खेलको मिडिया संयोजक जियालाल चौधरीले जानकारी दिए ।