मिस बिश्वकर्मा इन्टरनेशनलको फाइनल फेब्रुअरी १८ तारिख मलेसियामा हुने

Wednesday, 31 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
दिपेश बिसि जोन्स,,
विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्यक्ष दीपक बराईलीले जानकारी गराउनु भयो।फाइनल प्रतियोगिता मलेसियाको जोहोरबारुको टिजे मार्ट हलमा फेब्रुअरी १८ मा हुने छ्न।

‘यो भन्दा अघि कतारमा फाइनल हुने भनिएको थियो तर जातियबेसको कार्यक्रम कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि हामीले सोहि कार्यक्रम मलेसियामा गर्ने तय गरेका हौं ।’, बराईलीले भने । उनले यो प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने भएकोले पनि देश बाहिर गर्नुपर्ने बताए । ‘कार्यक्रमको उद्देश्यका अनुसार नै हामीले बाहिर फाइनल कार्यक्रम गर्न लागेका हौं । नत्र नेपालमै गर्न सक्थयौ।’, बराइलीले थपे ।
फाइनल कार्यक्रमका लागी टप ८ प्रतियोगी,कलाकार, आयोजक टिम सहित जम्मा २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रमका कलाकारहरुको तर्फबाट अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, रकेश राइ लगायत रहेका छन् । साथै मलेसियामै रहेका नेपालीकलाकाहरुको पनि प्रस्तुती रहने कार्यक्रमका संयोजक दिलिप माझिले जानकारी दिनु भयो।

मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले जानकारी दिए । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu