हमार सनेश सहकर्मी,,
राजनीतिक विश्लेषक सिके लालले पृथ्वीनारायण शाहबारे दिएको अभिव्यक्ति यो साता निकै चर्चामा रहयो । उनले शाहलाई हत्यारा र बलात्कारी भएको दाबी गरेका थिए । सिके लालले राष्ट्र–राष्ट्रलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोप्ने काम गरेकोले पृथ्वीनारायाण शालाई राष्ट्रिय एकताको प्रतिक मान्न नसकिने धारणा राखेका थिए । सिके लालले पृथ्वीनारायण शाहले पुरुषहरुलाई नदीमा बगाउने र महिलाहरुलाई बलात्कार गरेपछि खुर्सानी पिसेर योनीमा लगाइदिने गरेको भन्दै त्यस्तो अपराध गर्ने व्यक्तिलाई सम्मान गर्न नसकिने बताए । “पृथ्वीनारायण शाहले किराती पुरुषहरुलाई ज्यूँदै बोरामा बाँधेर अरुण नदीमा बगाएको र छोरी–चेली र महिलाहरुलाई बलात्कार गरी योनीमा खुर्सानी पिसेर लगाइदिने जस्ता घोर अमानवीय काम गरेको इतिहास रहेको अगाडि, अनि कसरी शाहको सम्मान गर्ने ?” सिके लालले भने ।
काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै सिके लालले पृथ्वीनारायण शाहले आफ्नो महत्वाकांक्षी सपना पूरा गर्नका लागि काठमाडौं उपत्यकाका आदिवासीहरुको नाक र कान काट्नेजस्ता घोर अमानवीय कार्य गरेको दाबी गरे ।“कथित एकीकरणको नाममा आफ्नो महत्वाकांक्षी सपना पूरा गर्न नाक कान घाटी काटेर भ्रुण हत्या गरेर अमानवीय किसिमले आदिवासी मधेसी, दलितमाथि कुरुप व्यवहार गरी गोरखा राज्य विस्तार गर्ने व्यक्ति कसरी राष्ट्रिय एकताका प्रतिक ?, पृथ्वीनारायण शाले राष्ट्रिय एकता हैन राष्ट्र–राष्ट्रहरुलाई विभक्त गरी विभाजन र असहिष्णुताको बिउ रोपेर माफ गर्नै नसकिने गल्ती गरेका थिए” सिके लालले भने ।तत्कालीन समयमा काठमाडौं उपत्यकालाई मात्रै नेपाल भन्ने गरिएको भन्दै सिके लालले गरिब गोरखाका राजा पृथ्वीनारायण शाहले भ्रमणका बेला चन्द्रागिरी डाँडा पुग्दा सुन्दर काठमाडौं देखेर मालामाल हुने लोभमा सोझा नेवार समुदायसँग मित लगाएर राज्य कब्जा गरेको र नेवारहरुको सोह्र धार्नी नाक कान काटेर राज्य कब्जा गरेको बताए । “पूर्वमा किरात राई र लिम्बूलाई फुटाएर राज्य कब्जा गरेका थिए । राईहरुको समुदायमा त यति कुरुप व्यवहार गरेका थिए कि ज्यूँदै मान्छेलाई आगो लगाएर हत्या गरेका थिए” उनले भने ।
यसैगरी पुस २७ सरकारले राष्ट्रिय दिवस मनाइरहेको बेला जनतजाति अगुवाहरुले पृथ्वीनारायण शाहको मुखमा थुकेर विरोध गरेका थिए । यो घटना निकै विवादित बन्यो । जनजाति अगुवा आङकाजी शेर्पाको नेतृत्वमा थुक्ने कार्यक्रमको भएको थियो । यसले समाजलाई दुई भागमा विभाजित गरेको थियो । एउटाले एकता दिवस मनाउने र अर्कोले मुखमा थुक्ने । जनजाति अगुवाहरुको थुक्दै गरेको भिडियोसहितको समाचार अनलाइन डबलीले पहिलो पटक सार्वजनिक गरेको थियो ।