हमार सनेश सहकर्मी,,
जिवनको अनेकौ यात्रा अनि घुम्तिहरुलाई छिचोलेर जो ब्यक्ती गन्तव्य को यात्रालाई निरन्तर आफ्ना पाइलाहरु अनवरत रुपमा अगाडी लम्काइरहन्छ हो त्यो ब्यक्तीले एक न एक दिन सफलताको कोमल अङ्गालो भेट्टाउछ सफलतालाई चुम्न सक्छ हो त्यही सफलताको गगन नजिकै स्पर्श गर्दैरहनुभएको एउटा नाम हो कुशल गायक सर्जक पत्रकार यानिकी बहुप्रतिभाशाली ब्यक्तित्व यमराज बिस्ट !
दैलेखको रमणिय प्रकृति पवन सग लुकामारी खेल्दै अनि त्यही रमाउदै घाँस दाउरा अनि गाउले मानव जीवनमा गरिने ती अनेक कामहरु संग पौठेजोरी खेल्दै वाल्यकाललाई बिदाइ गर्दागर्दै निर्दयि समयले बाबाको प्रेमबाट टाढा बनाइदिएको थियो यमराज बिस्टलाई ।गाविस स्तरिय बाल क्लब देखि जिल्ला स्तरिय युवा क्लब सम्म लामो समय सम्म काम गर्दै पत्रकारिता क्षेत्रमा बिगत आठ बर्सदेखी तल्लिन भएर लागिरहनुभएको यति मात्र होइन नेपाली लोक सङ्गितमा छुट्टै स्थान बनाउन सफल हुँदै प्रवास मलेसियामा रहेर पनि फुलबारी युवा क्लब जस्तो एक प्रशंसा योग्य क्लब को अध्यक्ष पदमा रहेर काम गरिरहनुहुने बहुप्रतिभाशालि ब्यक्तित्व हुनुहुन्छ यामराज बिस्ट । लोक सङ्गीत मा नेपालको चर्चित लोक गायक गायिकासग काम गरिसक्नुभएको छ बिस्टले उहाको "मेरो लास भेरी नदिको तिरमा जलाउदा" दुखी जीवन काट्न बाध्य " प्रदेशिको यादमा " जस्ता करिब एक दर्जन भन्दा बढि मर्मस्पर्शी गितहरुमा आफ्नो आवाज भर्दै करिब दुई दर्जन भन्दा बढी गित हरुमा लय शब्द सङ्कलन गरिसक्नुभएको छ। हो उहाँ बहु प्रतिभाशाली ब्यक्तित्व यामराज बिस्ट सग हामिले वाल्यकाल देखिकै केही कुराहरु जान्न खोज्दा उहाँ वाल्यकाल लाई स्मरण गर्दै भन्नुहुन्छ " बिहानिको मिर्मिरे को स्वागत सधै नै म घासको भारी होस या दाउराको भारी बोकेर स्वागत गर्थे यो मेरो दिनचर्या नै थियो अरु म धेरै बोल्दिन यो बिसयमा सायद रात दिन भन्दा बढी लाग्छ ती पल हरु स्मरण गर्दा
जीवन सधै संघर्ष सगै ब्यतित हुन्छ र त्यही संघर्स सग लड्न सक्नुपर्छ भन्ने दृढ सङ्कल्प बोकेको बिचार राख्दै बिस्ट बहुप्रतिभाशाली ब्यक्तित्व यामराज बिस्ट अहिले पनि हरेक क्षेत्रमा उतिकै अग्रस्थान मा हुनुहुन्छ मलेसिया मा रहेर पनि कारोबार राष्ट्रिय दैनिक मलेसिया न्युज रिपोर्रट , ओएस नेपाल, दर्पण नेपाल,अनलाइन नवीन संसार जस्ता अाधा दर्जन बढि अनलाइन मिडियामा रहेर काम गरिरहनुभएको छ ।