सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि कैलाली कारागारमा राख्न आदेश

Tuesday, 27 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धनगढी:=कैलाली जिल्ला अदालतले कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । चौधरीलाई पुर्पक्षकालागि कैलाली कारागारमा राखिएको छ ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो । टीकापुर घटनाका आरोपी चौधरीले सोमबार अदालतमा आत्मसमर्पण गरेका थिए ।

(अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरेपनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ)


अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरेपनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ । उनले अहिलेसम्म जितको प्रमाणपत्रसमेत बुझेका छैनन् । संघीय संसदको अधिवेशन आउनैलाग्दा रेशमले आत्म समर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजय हासिल गरेका थिए। तर, निर्वाचन आयोगले दिने विजयीको प्रमाणपत्र भने पाउन सकेका छैनन्। वारेशनामामार्फत विजयीको प्रमाणपत्र दिलाइदिन सर्वोच्‍च अदालतसम्‍म पुगेका थिए ।

टीकापुर काण्डका मुख्‍य योजनाकारको आरोप खेपेका चौधरी घटनापछि फरार थिए। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी, रामप्रसाद चौधरी लगायत २३ जना अहिले पनि जेल जीवन बिताइरहेका छन्। संघीय संसदका प्रतिनिधिहरुको शपथ फागुन २० गतेकालागि तोकिएको छ

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu