फगुवा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

Monday, 26 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तकुमार चौधरी,,
चितवन:= चितवनको सौराहामा आयोजना हुन लागेको दोश्रो फगुवा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवको प्रचार प्रशारदेखि अतिथि आमन्त्रण, सुरक्षा व्यवस्थापन लगायतका काम अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समिति संयोजक शरदकुमार महतोले जानकारी दिनुभयो ।

फागुन १७ र १८ गते सिसुवार चौरमा सांस्कृतिक महोत्सव हुँदैछ । सांस्कृति महोत्सवमा थारु समुदायको भेषभुषा सँगै सांस्कृतिक झलकहरु प्रस्तुत गरिनेछ । फागु पर्वको बेला थारु युवाहरुले डम्फुनाच सँगै लाठि नाच नाचेर रमाइलो गर्ने प्रचलन भएपनि यो प्रचलन विस्तारै हराउँदै गएको छ ।

परम्परागत सांस्कृति संरक्षण गर्ने उद्देश्यले गतवर्षदेखि सांस्कृतिक महोत्सवको रुपमा फगुवा महोत्सव आयोजना गरिँदै आएको छ । स्थानीय प्याराडाइज यूवा क्लबले सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा पेहनी प्रतियोगीता, डिजे होली लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगेतीक प्रस्तुती समेत रहनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu