नेरुता मोक्तान तामाङले लेखिन सांसद रेशम चौधरीलाई प्रेरक पत्र (पढेर सेयर गर्नुहोस्)

Tuesday, 27 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

प्रेरक पत्र,,
माननीय सांसद आदरणीय दाइ (रेशम चौधरी) सर्वप्रथम त म अपरिचित बहिनिको तर्फबाट स्वीकार्नुस सादर प्रणाम अभिवादन ।

दाइ हजुर तपाईलाई जुनसुकै शब्दले सम्बोधन गरेपनि मलाई कमि नै महसुस हुन्छ ।
हुन त हामि एउटै आमाले जन्म दिएको सन्तान त होइनौं सायद भौगोलिक नाता छालाको नाता रुपको नाता धर्मका नाता प्रती आस्था नराख्ने गुण भएर होला  बिचारले नै नजिक ल्याइदिएको हुँदा आफ्नै माइतिसरह लाग्छ मलाई ।
पहिलो चोटि मलाई चेली भन्दै फोन गर्नुहुदा खुसिको सिमा थिएन किनकि बिचारले दुई बर्ष अगाडिदेखि म तपाईको सुभचिन्तक समर्थक थिए ।

थाहा छ हजुर  निर्दोष हुदाहुदै पनि जनताको सद्भावको लागि भनेर भारतको एक दुर्गम भेगमा लामो समय विताउनु भयो ।।  यो क्षण कुनैपनी हालतमा सहज थिएन मलाई सबै थाहा छ । त्यो बेला भन्नुभएको थियो नेटवर्कको समस्या छ चेली त्यति राम्रोसँग सुन्न सकिँदैन।यहाँबाट पनि अनुमान लगाउन सकिन्थ्यो कि तपाई एक जंगल अथवा कुनै कोसिको किनार हुदि कष्टकर जीवन विताइरहनु भएको छ। र बेलाबेला हजुरको भिडियो आउथियो त्यो सबै जंगलमा लिएको भिडियो हुन्थ्यो  ।
धेरै दुख सुखका कुरा बाँड्नु भएको थियो  । त्योबेला मैले दाइ अब नेपाल आउनुहोस् तपाई  त ४० हजार जनमत पाएको व्यक्ति हुनुहुन्छ तपाईलाई मतदान दिएका मतदाताहरु लाई केही गरेर देखाउनु पर्छ भनेकी थिए तर मलाई त्यो पनि था थियो कि यो देशको एकात्मकवादि एकलजातिको जातिवादी कानुनले तपाईलाई जतिनै निर्दोष भएपनी दोषी  बनाएर सजाय दिलाउनेछ ।

तपाई यो देशको सच्चा भुमिपुत्र हुनुहुन्थ्यो त्यसैले नभन्दै कानुनको सम्मान गर्दै नेपाल् आउनु भयो र अदालतमा हाजिर हुनुभयो ।
तर यो देशको शासकलाई तपाईंको इमान्दारिता पचेन् त्यसैले तपाईलाई जेल चलान गरियो ।
विचारले नजिक ल्याइदिएको दाइ, उत्पीडित समुदायको होनहार नेता निर्दोष हुदाहुदै शासकको हुकुमी बमोजिम जेल चलान हुदा खुसी त कसैलाई लाग्ने कुरै भएन ।।
भौगोलिक हिसाबले तपाईं तराई बासी नागरिक म हिमाल बासी नागरिक जातिको हिसाबले तपाई एक थारुको छोरो म एक तामाङको छोरी थाहा छ मलाई  हाम्रो भाषा धर्म संस्कृति पनि छुट्टाछुट्टै छ 
तर पनि नागरिकको हैसियतमा नेपाली हौ र बर्गको हिसाबमा हेपिएको पिछडिएको जातिको हिसाबमा शोषित दमित उत्पीडित जाती अन्तरगर पर्छौं ।
मानवता त छदैछ ।
पीडा कस्तो हुन्छ भोगेर हेर्नेलाई थाहा हुन्छ भनेझैं हेपिदा, पेलिदा, निच्च जातिको दर्जामा आफ्नै देशमा दोस्रो नागरिक कहलिनु पर्दाको पीडा हाम्रो टाउकोमा बुट बजार्ने शासकलाई थाहा हुँदैन २५० बर्षसम्म दमनमा बस्नुपर्दाको पीडा हामिलाइ मात्रै थाहा हुन्छ ।

तपाईंको घटना तपाईको गतिविधि संगै आज तपाईको जेल चलान देख्दा आज मलाई नेल्सन मन्डेलाको याद आइरहेको छ ।
हुन त बुझेर हो या नबुझेर हो  यो देशको शासक बर्गले पनि नेल्सन मन्डेलाको खुलेरै प्रशंसा गरेको पाइन्छ ।
र आशा छ  यो देशको शासकबर्ग पनि एकदिन तपाईको प्रसंसक बन्नेछ त्यसको लागि तपाईले पनि जेल भित्रै रहेर बिद्रोह गर्न सक्नुपर्ने छ र मलाई विश्वास छ तपाई हिम्मत हार्नुहुन्न गर्न सक्नुहुन्छ । किनकि नेल्सल मन्डेलाले पनि जेलभित्रै रहेर बिद्रोह गरेका थिए ।
र कार्यकर्ता पनि नेल्सनको जस्तै निडर हुनु छ नत्र चौधरी  मन्डेला बन्न सकिन्न नेल्सन सफल हुनुमा कार्यकर्ता र थिम्पुबासी जनताको ठूलो योगदान थियो हो हाम्रो पहिचानवादी नेताहरू पनि संघर्सिल निडर कार्यकर्ता एवं उत्पीडित जनसमुदायको साथ बिना कदापि सफल हुनेछैन त्यसैले उठ अब कति सुत्छौ शासकले आगो लगाइदेलान खुट्टामा ।।

त्यसैले पनि भनेका हुन एकता भन्दा शक्तिशाली अरु हुदैनन् । नेपाल् त्यसैपनि आदिवासी जनजातिको बाहुल्यता भएको देश हो तर हामिमा एकता छैन त्यसैको परिणाम हामीले बेहोर्न विवस छौँ ।
अब त बुझ्नुपर्छ हामी कहाँ नेर चुक्यौँ र एकताको धारमा आउन सकिरहेको छौनौ!
यस्ता यस्तै राजनीतिक भावना पोख्ने रहर त धेरै थियो दाइ तर आजलाई भने तपाईको अपरिचित चेली अन्तिम -अन्तिम चरणमा आइसकेकी छु। जाँदाजादै म के भन्न चाहन्छु भने हजुर जेलमा भएपनि हामी सडकमा हुनेछौं । तपाई नेल्सन मण्डेला बनेर निश्किनु है !! दाइ यही छ तपाईलाई सुभकानमा ।
एकात्मकबादी राज्य सत्ताको कारागार कतिन ठूलो होला र दाइ तपाईं जस्तो लाखौं आदिवासी युवाहरू उदाइसकेका छन् ।  कति अटाउलान र ती राज्यको कारागार मा । 
जन्मभुमि टेकेको दिन तपाईलाई कारागारमै भेट्न आउने बाचाका साथ आजलाइ भने मन नलाइ नलाई  विदाईको अनुमति चाहन्छु । उहीँ तपाईको अपरिचित
बहिनी
                  (नेरुता मोक्तान तामाङ)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu