सांसद रेशम चौधरीले आत्मसमर्पण गरे (breaking News)

Monday, 26 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली:=राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
सांसदमा निर्वाचित भएपनि कैलालीको टीकापुर घटनामा पहुँचवाला र केही राजनीतिक दलका नेताहरुनेताहरु मिलेर दोषी देखाउदै आइरहेका थिए।अदालतले पक्राउ गर्न आदेश दिएका चौधरीले जिल्ला अदालत कैलालीमा भर्खरै आत्मसमर्पण गरेका हुन् ।

अदालत परिसरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ।भनेर अनलाईन खबरले समाचार छापेको छ।

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश पूरा भएको थिएन।

७ भदौ २०७२ मा थारु समुदायले आफ्नो जायज मागमुद्दा र हक अधिकारको निम्ति आन्दोलन गरि रहदा प्रशासन र आन्दोलनकारी,बिपक्षी बिच भएको हिंसात्मक घटनामा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् ।
चौधरीले भने आफू निर्दोष भएको र उनी माथी लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।
घटनामा संलग्न भएको झुठो आरोप लगाइ पक्राउ गरिइएका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu