साजिर मंसुर ,,
कलैया:=गरिब तथा बिपन्नहरुले चिसो बाट कठयान्ग्रिएर अकालमै ज्यान गुमाउन नपरोस भनेर सबै स्थानिय तहले र जनप्रतिनिधिहरुले समयमै उचित किसिमको ध्यान दिनुपर्ने प्रदेश सभा सदस्य एवम माओवादि केन्द्रकी प्रभावशालि नेत्रि ज्वाला कुमारी साहले बताउनु भएको छ ।
कलैयाको देवकिलाल धर्मशालामा आयोजना गरिएको ब्लान्केट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको माओबादि केन्द्रकि प्रभावशाली नेत्री ज्वाला कुमारी साहले सो कुरा बताएकी हुन् । वहाले सबै जन प्रतिनिधिहरुले सबै गरिब र असहायहरूलाई आफ्नो घर को सदस्य सरह व्यवहार गर्न सके कोइ पनि जाडो र चिसो बाट अकालमै ज्यान गुमाउनु नपर्ने बताएकी हुन् ।
कलैया उपमहानगरपालिका का कार्यपालिका सदस्य रामलखन राउत भेडियर को अध्यक्ष्ता एवं प्रदेश सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओबादि केंद्राका केन्द्रिय सदस्य सृजन बजगाई, मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय सदस्य अब्दुलेश अन्सारी, रामनारायण पाल, वडा नम्बर २३ का वडा अध्यक्ष बिक्रम साह, रामविनय साह, राजेश्वर सिंह लगायतकाको उपस्थिति रहेको थियो ।
कायर्क्रममा २० जना गरिब दलित महिला जेष्ठ नागरिक सहिद परिवारहरुलाई ब्लान्केट वितरण गरिएको अब्दुलेश अन्सारीले बिश्वास एफ एम लाइ जानकारी गराएका छन ।
