असिना पानीले रौतहट जिल्लामा अन्नबाली नष्ट (लिङ्क खोलेर फोटो हेर्नुहोस्)

Friday, 30 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रौतहट:=रौतहटको दक्षिण भेगका गाउँहरुमा हावाहुरी र असिना पानीले अन्नबालीमा क्षति पुगेको छ । असिनाले गहुँ, मसुरो, मकै, तरकारी लगायत बालीमा क्षति पुर्‍याएको छ । केही स्थानीयको घरको छानामा समेत क्षति पुगेको छ । सबैभन्दा बढी दुर्गाभगवति गाउँपालिका ३ छतौनाका किसानले लगाएको गहुँ बालीमा ठूलो क्षति पुगेको भनेर कान्तिपुर दैनिकले समाचार छापेका छ्न। क्षतिको विवरण संकलनका लागि सदरमुकाम गौरबाट प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोख्रेल सहितको टोली प्रभावित स्थानमा पुगेको थियो । असिनाले किसानको गहुँ बालीमा बढी क्षति पुगेको पाइएको प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोख्रेल बताउनुभयो ।   

असिना पानी र हावाहुरीले जिल्लाको दक्षिणी भेगका किसान प्रभावित भएका छन् । मत्सरीका त्रिपुरारी झाले असिनाले धेरैको घरको खपडा र टाली फुटाई दिएको बताए । ‘बिहान लगातार परेको असिनाले किसानको अन्नबालीको साथै घरमा समेत क्षति पुगको छ,’ उनले भने, ‘सबैभन्दा बढी गहुँबालीमा क्षति भयो ।’ 

यस वर्ष आँपको उत्पादनमा बृद्धि हुने भनिए पनि असिनाले क्षति पुगेको छ । आँपमा लागेको सानो दाना असिनाले झारेको छ । लिच्चिको दाना समेत झरेको छ । झण्डै आधा घण्टा सम्म परेको असिना पानीले ईट्टा उद्योग समेत क्षति पुगेको छ । जिल्लाको यमुनामाइ, दुर्गा भगवती गाउँपालिका र माधव नारायण, देवाही गोनाही, गढीमाई लगायत नगरपालिकामा असिनाले क्षति पुर्‍याएको हो । जिल्ला प्रशासन कार्यालयले कुन गाउँमा कति क्षति भयो भन्ने कुनै जानकारी नआएको बताएको छ । प्रशासनले क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu