हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):=स्वर्गीय ममतामयी माता कृष्ण पाैडेलकाे अाठाैँ बार्षिक श्राद् तथा स्मृतिकाे अवसरमा रचना वाचन कार्यक्रम हिजाे बिहीबार सम्पन्न भएकाे छ । जिल्लाकाे शिवराज नगरपालिका वार्ड न.५, शान्ति टाेल बगैंचा स्थित बाल संसार शैक्षिक प्रतिष्ठान मन्टेश्वरीकाे प्रङगण चन्द्राैटामा भएकाे हाे ।
मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका अध्यक्ष तथा प्रमुख अतिथि रहनु भएका बिष्णु प्रसाद खतिवडाले कार्यक्रममा बाेल्नु हुँदै पैसाले सबैथाेक बजारमा किनेर पाउने तर अामा र अामाकाे माया संसारमै किनेर नपाउने रहेकाे र नारी भनेकै कृष्ण जस्तो हुनुपर्छ जसले कुशल छाेरा जन्माएर अाज हामी यस कार्यक्रममा सहभागी हुन पाएकाे बताउँदै पाैडेल परिवारले गरेकाे श्राद् तथा रचना वाचन कार्यक्रमले नयाँ तथा प्रशंसनीय कार्य गरेकाेमा खुशी व्यक्त गर्नुका साथै समाजमा अहम् भूमिका र असल प्रभाव पर्ने बताउनुभयाे ।
यसैगरी साहित्यिक रचना बाचनमा अामालाई सम्बाेधन तथा अामाकाे सम्झनामा अामालाई नै समेटिएको नाै महिना गर्भ बाेक्दा अवस्थाको पिडा देखि लिएर जन्म दिनुका साथै वृद्ध एवम् मृत्यु अवस्था समय सम्मकाे सम्झनामा प्रकाश पाठक, शिला गैरे, राम अवतार चाैधरी, सरिता बलामी, जुना बुढाथोकी, अर्जुन पाैडेल(शर), पदमा थापा, कमल पाैडेल र लक्ष्मी घिमिरे लगायतले अधिकांश नेपाली तथा थारु भाषामा रचना वाचन गरेका थिए साथै रचना वाचकलाई मायाकाे चिनाे समेत पाैडेल परिवारले प्रदान गरेकाे हाे ।
उक्त कार्यक्रम बाल संसार शैक्षिक प्रतिष्ठान मन्टेश्वरीका प्रधानाध्यापक तथा स्वर्गीय ममतामयी माता कृष्ण पाैडेलका छाेरा बिष्णु पाैडेल तथा परिवारकाे अायाेजनामा, शाेभाखर पाैडेलकाे अध्यक्षता, मानवअधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका अध्यक्ष बिष्णु खतिवडाकाे प्रमुख अातिथ्यिता, कपिलवस्तु जिल्ला व्यापार संघका अध्यक्ष महादेव पाेख्रेलकाे विशिष्ट अातिथ्यिता, सामाजिक विकास मञ्चका प्रतिनिधि मनकला विश्वकर्मा र ढक प्रसाद अार्चायकाे अाततिथ्यिता, राम प्रसाद पाैडेलकाे स्वागत, अर्जुन शरकाे सञ्चालन र कार्यक्रम अायाेजक पाैडेल परिवारको अाफ्नती तथा प्रियजन छर-छिमेकीहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे अायाेजक पाैडल परिवारले जानकारी गराएकाे हाे ।