हमार सनेश सहकर्मी,,
श्याम सि.टी.,,
कपिलवस्तु := होली पर्वको अवसर पारेर आज वाणगंगा नगरपालिका वडा नं ४ गजेहडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा थारु समुदायमा होली पर्वको ईतिहास,मनाउने तरिका,यसको महत्व लगाएतको विषयमा थारु अगुवाहरुको बीच छलफल गरिएको थियो । समयको परिवर्तन संगै बढदै गएको बिकृतिलाई कसरी न्युनिकरण गर्दै यसलाई सभ्य तरिकाले मनाउन सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो ।
थारु समुदायमा यसलाई सबै भन्दा कान्छो पर्वको रुपमा पनि मान्ने गरिन्छ । एक आपसमा भएको तिक्तालाई हटाई सद्भाव प्रेममा परिणत गर्ने पर्वको रुपमा पनि होली पर्वलाई लिइने गरिन्छ । कार्यक्रममा शुभकामना साटासाट गर्दै सम्पूर्ण नेपालीमा एक आपसमा मेललिाप कायमै रहोस भन्ने शुभकामना पनि थारु अगुवाहरुले दिनुभएको थियो ।
कार्यक्रममा समाजसेवी द्वारिका प्रसाद थारु,झगरु प्रसाद थारु,बुद्ध सनेस साप्ताहिकका प्रधान सम्पादक श्याम सि.टी.,श्रीराम थारु,शंकर थारु लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम थारु जागृति युवा क्लबका अध्यक्ष दशरथ थारुको अध्यक्षता,वाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तराम थारुको प्रमुख आतिथ्यता,वाणगंगा नगरपालिका वडा नं. ४का वडा सदस्य ऋषिराम थारुको विशिष्ट आतिथ्यता तथा क्लबका सचिव सीमा थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
