सपथग्रहणको व्यवस्था मिलाइदिन आग्रह सहित रेशम चौधरीद्वारा प्रशासनमा निवेदन दर्ता

Friday, 2 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
कैलाली :=प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन्।
कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेको  चौधरीले कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको  जानकारी दिनु भयो। उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ।

प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनमा भनिएको छ:-
‘म निवेदक थुनछेक आदेशले मात्र कारागार रहेको र कुनै पनि फौज्दारी कसुर प्रमाणित नभएको अवस्थामा कैलाली निर्वाचन क्षेत्र नम्बर १ को जनप्रतिनिधिको हैसियतले सपथ ग्रहण कार्यक्रममा उपस्थित हुने आवश्यक व्यवस्था मिलाई पाउँछ ।
’निवेदनमा उनले नेपालको संविधानको धारा १८ तथा धारा २० (५) मा भएको व्यवस्था उल्लेख गर्दै सो व्यवस्था अनुसार आफूले सपथ ग्रहण कार्यक्रममा भाग लिन पाउने तथा प्रमाणपत्र पाउनु पर्ने जिकिर गरेका छन् ।संविधानको धारा १८ मा ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ ।त्यस्तै, धारा २० (५) मा ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन’ भन्ने व्यवस्था छ ।

सांसद रेशमले निवेदनमा आफू ३४ हजार तीन सय ४१ मतले विजयी भएको र मानबहादुर बोहराको जाहेरीले नेपाल सरकार वादी र आफू प्रतिवादी रहेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा  अदालतको थुनछेक आदेश अनुसार पुर्पक्षका लागि कारागारमा रहेको उल्लेख गरेका छन् ।उनले सो निवेदन संसद सचिवालयमा पनि कारागारबाटै दर्ता गराएका छन् । यसैबीच, राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था गर्न माग गरेको छ।चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट भारी बहुमतले निर्वाचित भएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu