थारु कल्याणकारीणि सभाको होलि विशेष कार्यक्रम भब्य सम्पन्न

Thursday, 1 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी,
सुनसरी:=सुनसरीको रामधुनी नगरिमा थारु कल्याणकारीणि सभा र थारु महिला सभा नगर समितिले संयुक्त आयोजनामा होलि विशेष शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महानपर्व  फागु पुर्णिामा तथा होलि पर्वलाई मध्यनजर गर्दै आफना संस्कार संस्कृतिलाइ संरक्षण गर्दै एक आपसमा सदभाब कायम गर्नको लागि सो कार्यक्रमको आयोजना गरेको हो।

थाकस भवनमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमका प्रमुख थारु कानुनी व्यवसायी सभाका केन्द्रिय अध्यक्ष तथा थाकसका केन्द्रिय सल्लाहकार राम राज चौधरीले  सन्बोधन गर्दै थारुहरुका सम्पुर्ण माग मुद्दाहरु यस संविधानले समेटन  नसकेकाेले सफलताको प्रतीक यस  होलि पर्वलाई साक्षि मानी हामी सबैले  रिस राग डाहलाई  त्यागेर एकताको क्षुत्रमा बाधिएर सफलताको लागि अगाडी बढनु पर्नेमा जोड दिनु भयो।

आदिवासी जनजाति महासंघका नगर अध्यक्ष राज कुमार चौधरीको सभापतित्वमा समपन्न भएको कार्यक्रमा दाना बैंकका अध्यक्ष चन्द्र ना चौधरीले अबका दिनमा पनि थारु समुदायले झाइल र मिर्दङ्ग्मा नाच र गान मात्र गरेर सिमित रहेमा ओझेलमा पर्ने समभाबना रहेको हुदा सबले एक आपसमा हातेमालो गरि हरेक क्षेत्रमा भागलिनु पर्ने जोड दिनु भयो।

कार्यक्रममा समाजसेवी शंकर लाल चौधरी , केशी लाल चौधरी ,जन प्रतिनिधिहरु लगायतले समय सन्दर्भिक कुराहरु राखेका थिए । कार्यक्रममा सप्तरङ्गी रङ्ग बाट रङ्गाएर र खादा ओढाइ समाजका नेतृत्व कर्ताहरुलाई उच्च मुल्यांकन गर्दै अबिर र रङ्ग लगाइ प्रमुखले कार्यक्रमको उद्घाटन गरेको आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा समाज सेबि ,बुद्धि जिबि  , राजनिती प्रेमी लगायत थारु विभिन्न संघ सस्थाहरुको उपस्थिति रहेको आयोजक कमिटिले जानकारी दिनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu