चलचित्र ‘कृ’ को गितले आरजेको चर्चापरिचर्चा तिब्र (हेर्नुहोस् भिडियो सहित )

Friday, 16 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
म राजा बन्थे तिम्रो, तिमी मेरो रानी, 
यतियति पानी, गंगा रानी, 
बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी 
हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी
साथीभाइ जम्मा पार्ने सधँै काम मेरै हुन्थ्यो, 
तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो, 
सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी, 
यति यति पानी गंगा रानी ...
नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को यो गीतले पाएको चर्चासँगै मिस्टर आरजे (राजेन्द्र भट्ट) पनि चर्चामा छन् । युट्युबमा ८७ लाखभन्दा बढी पटक हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै ¥याप दिएका थिए ।गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ । योसँगै उहाँको एकाएक चर्चा चुलिएको छ ।यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र ¥याप दिइसक्नु भएका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहनुभएको छ ।
“यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिएन”, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भन्नुभयो, “मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।”प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसक्नुभएको थियो । उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिनुभएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।
“छोटो समयमै युट्युब टे«न्डिङभित्र पर्ने यो पहिलो गीत हो”, आरजेले भन्नुभयो, “यो गीतले पनि राम्रै बजार पाएको छ ।”
‘कृ’को गीतपछि उहाँ पाँचवटा चलचित्रमा शब्द, संगीत र ¥यापका लागि अनुबन्धित भइसक्नुभएको छ। “म्युजिक भिडियोका लागि माग धेरै ठाउँबाट आएको छ,” आरजेले रासससित भन्नुभयो ।
विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न हुनुभएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारितासमेत गर्नुभएको थियो । काठमाडौँ बसाइ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुग्नुभएका आरजे अझै संगीत सिकिरहेको बताउनुहुन्छ ।\“भर्खरै १० वटा म्युजिक भिडियोको काम सकेर आए”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको मौलिक भाकालाई पनि आधुनिक लोक पपमा समेट्दा प्रदेश नं ७ मा मेरो बढी बोलावट हुन थाल्यो ।”
‘धौलीको ब्या’, ‘दारु सड्काउने’ ‘आमैले भन्थिन्, धाराको पानी’ लगायतका गीतमा डोटेली भाषालाई ¥याप बनाएर पस्किएका कारण गीत बढी चर्चामा आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “युवापुस्ताले आरजेलाई हरेक गीतसंगीतमा खोज्न थालेका छन् ।”गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गर्नुभएका आरजे गुगल र युट्युबमा हेर्दै ¥याप सिकेको बताउनुहुन्छ । “पहिलेकोे ¥यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए,” उहाँले भन्नुभयो, “नाच्न सक्ने टे«ण्डका ¥याप गीत हामीले नै बजारमा पस्केका हौँ ।”
नेपाली सांगीतिक क्षेत्रमा चल्तीका अधिकांश कलाकारसित काम गरिसक्नुभएका आरजे अनुबन्धित पाँचवटा चलचित्रको काम सकेर अझै नौलो सांगीतिक प्रस्तुति बजारमा ल्याउने तयारीमा हुनुहुन्छ । हालसम्म देशभरका करीब दुई हजार ५०० भन्दा बढी मेला÷महोत्सवमा स्टेज कार्यक्रम गरिसक्नुभएका आरजे जनचाहनाअनुसार गीत बनाउँदै जाने बताउनुहुन्छ । (रासस)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu