माचिण्डे सरकार ! कवि बिबश बेनामको कुकुर कविता पढ्नुहोस् सेयर गर्नुहोस्

Thursday, 1 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुकुर कविता,,
माचिण्डे सरकार !
यो देश रेसमलालको पनि हो ।
शिलवालको मात्रै हो-भन्ने त को होस ??

यहाँ किन
आँखाको सौन्दर्यमा विभेद गरिन्छ?
र गरिन्छ नाकमा ?
किन घिनाइन्छ,चिल्ला गालाका दाह्री ?

हाम्रो सौर्न्दर्यको वरिपरि नियम छ ।
नियम भित्र हामी छौ ।

माचिण्डे सरकार !
चिण्डे बनाएर शहर घुमाएका थिए-
र बचाएका थिए
टंक प्रसाद आचार्यलाई-
तर संगैका जेलर रत्नकुमार वान्तवालाई
गोलि ठोकी मारिदिए।

चिक्ने ओलि!
नाकिय विभेद बन्द गर।
थारुहरुको मानोमा
चुरामडिले स्खलित गरे,
शिलवालले मोज गरे,
तर,त्यही थारुहरु
आज लुटिन्दै छन् ।
नागरिता फाँटमा -
प्रशासनमा -
अदालतमा-
लोकतन्त्रमा-

यी दग्ध पिडाहरु
हाम्रो चिम्सो आँखाहरुले देख्नु
र आदिम मस्तिष्कमा
चेतनाको आगो बल्नु
यदि अपराध हो भने
बाँधि-दे ---
तिम्रो साङलाले - रेसमलाललाई-
र छोडिदे! शिलवाललाई-

चिक्ने प्रचण्डे!
रेसमलालको भौतिक शरीरलाई
थुनेर के गर्छस ??
सक्छस भने,
उसको मस्तिष्कको बिचारलाई थुनिदे!

र ,,
अझ,कोचिदे! नश्लिय जेलमा-
यो देशका करोडौं रेसमलाल चौधरीहरुलाई -

जहाँ दाह्रानंग्रा खियाएका
घाइते रेसमलालहरु तिम्रो खिलापमा छन् ।

             (लेखक :-बिबश बेनाम)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu