रेशम चौधरीलाई सपथ ग्रहण र प्रमाणपत्रको लागी प्रशासनमा पत्र पठाउने त्यारी

Thursday, 1 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली:=जिल्ला अदालत कैलालीले टीकापुर घटनाको अभियोगमा हाल सम्म फरार रहेकाहरुको नाममा म्याद तामिल गरेको छ ।
बुधबार भएको दोस्रो दिनको पेशीमा कुनै सुनुवाई नभए पछि प्रतिवादी तर्फका अधिवक्ता राजेन्द्र केशीले भने २० गते हुने संसदीय बैठकबाट रेशमलाल चौधरीलाई सपथ ग्रहण सहति प्रमाण पत्रकोलागि प्रशासनमा पत्र बठाउने तयारीमा जुटेका छन् ।
जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनि पनि उच्च अदालतमा निवेदन दिने तयारीमा लागेका छन् ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जिल्ला कारागार कैलालीमा राखिएको छ ।प्रतिवादीका तर्फका अधिवक्ता गंगाराम पाध्याले अदालती बन्दोबस्तको १७ नम्बरको प्रयोग गरेर आदेश बदर गरी तारेखमा राखीपाउ भन्दै निवेदन गर्न सकिने भएकाले चौधरी तयारीमा जुटेकोे बताए ।
न्यायिक छानविनका लागि अहिले अदालती बन्दोबस्तको १७ नम्बर प्रयोग गरेर उच्च अदालत जानका लागि कानुन व्यवसायीसँग छलफल गरिरहेको त्यसपछि सर्वोच्चसम्ममा जाने, आफु अदालतको सम्मान गर्नका लागि सार्वजनिक भएको उनको भनाई थियो ।

अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम रेशमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । उनी आफूमाथि लगाईएका आरोपको प्रतिवाद गर्दै निवेदनसहित सोमबार बिहान ११ बजेर १४ मिनेटमा कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए ।अदालतका डिठ्ठा रामप्रसाद कम्तीमा करीव दुई घण्टासम्म रेशमसँग बयान लिएका थिए । बयान सकिएपछि वादी र प्रतिवादी कानुन व्यवसायीहरुका बीचमा बहस भएको थियो ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी, सहायक न्यायधिवक्ताद्वय भानदेव जोशी, नविन भट्टले बहस गरेका थिए ।
जाहेरीवालाका तर्फबाट भने बरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता गंगाराम पाध्या, मिलन कुमार राई, गजेन्द्र बहादुर केसी र नाथुराम महतोले बहस गरेका थिए ।प्रतिवादमा अधिवक्ता गंगाराम पाध्या, मिलन कुमार राई, गजेन्द्र बहादुर केसी र नाथुराम महतोले चौधरी निर्दोष रहेको बताएका थिए ।
अन्त्यमा जाहेरवालाका तर्फबाट अधिवक्ता राजेन्द्र साउदले टीकापुर घटनामा उनी दोषी रहेको दावी गर्दै कडा सजाय सुनाउन ईजलास समक्ष आग्रह गरेका थिए।वादी र प्रतिवादी दुबै पक्षको दलिल र जिकिर सुनेपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको थियो ।
उनलाई कारगार शाखा कैलालीको कैदी नं.४ कोठामा सामान्य कैदीसरह नै राखिएको छ ।
जिल्ला कारागारभित्र छुट्टाछुट्टै कोठामा राखिएका उनीहरुले आपसमा भेटका लागि कारागार प्रशासनसँग आग्रह गरेपछि भेट तथा कुराकानी गर्न दिइएको थियो ।

साथीसँग लामो समयपछि भेट भयो, भलाकुसारी भएको उनले भने, ‘जनताको मतले अनुमोदन भएको ब्यक्तिलाई कारागार पठाएको कुरामा लक्ष्मण थारुले चिन्ता ब्यक्त गरेका थिए ।
३० महिनादेखि पूर्पक्षका लागि कारागारमा रहेका लक्ष्मण थारुले निर्दोष थारुहरु जेलमा रहेको बिषयमा गम्भीर छलफल भएको बताए ।
कैलाली क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमले आफुलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै, उनले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र पाउँ भनि मंगलबार कारागार प्रशासनलाई निवेदन दिएका थिए । निवेदन जिल्ला प्रशासन कार्यालय कैलालीले क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा पठाएको छ ।हामीलाई प्रमाणपत्र पाउँ भनेर निवेदन आएको थियो, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, उक्त निवेदनलाई हामीले क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा पठाई दिएका छौं ।

क्षेत्रीय निर्वाचन कार्यालयले रेशमको प्रमाणपत्रको फोटोकपी जिल्ला प्रशासनमा पठाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले सक्कली प्रमाणपत्र निर्वाचन आयोगमा पठाई सकेकाले जिल्ला प्रशासन कार्यालयलाई फोटोकपी पठाएको बताए ।प्रशासन कार्यालयबाट प्रमाणपत्रको फोटोकपी निर्वाचन कार्यालयमै फिर्ता आएको बताए । रेशमले आफु सार्वजनिक भइसकेको अवस्थामा प्रमाणपत्र दिनुपर्ने माग राखेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu