मलेसियामा छायांकन गरिएको तामाङ र्याप सेलो सार्बजनिक (भिडियो सहित )

Saturday, 3 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

प्रबासीभुमि मलेसियामा छायांकन गरिएको तामाङ सेलो र्याप पप गीतको म्युजिक भिडियो सर्बजनिक भएको छ । रोमान्टिक तामाङ र्याप पप गीत 'स्याऊ खानु हेलम्बु' बोलको म्युजिक भिडीयो मलेसियाको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।
मलेसियालाई कर्म थलो बनाएका गायक कोष बम्जन तामाङको तेस्रो गीति एल्बम भित्र सेलो र्याप पप गीत समेटिएको छ । बोम्जनको पहिलो गीति एल्बमको सफलता पछि दोस्रो एल्बमको गीतले हिमालय अन्तर्राष्ट्रिय म्युजिक अवार्ड चुम्न सफल भएको थियो । 

जीवन बम्जन तामाङको धमाकेदार शब्दमा रहेको गीतमा आर बि सिङ्तानको संगीत रहेको छ। कोष बम्जन तामाङ र जितु लोप्चनको आवाजमा रहेको र्याप पप गीतमा संगीत संयोजक डिका गुरुङको रहेको छ ।

तामाङ चलचित्रका नायक तथा मोडल सम्भु मोक्तान र संगीता तामाङको उत्कृष्ट अभिनय रहेको भिडियोलाई फुर्बा दोर्जे तामाङले निर्देशन गर्नु भएको छ । गायक बम्जन आफैले छायांकन गर्नु भएको छ भिडियोलाई दिपक तामाङले सम्पादन गर्नु भएको छ ।

मोडेल शम्भु मोक्तान थुप्रै म्युजिक भिडियो तामाङ फिल्म “ङाला माया”मा नायकको भुमिका पनि निर्वाह गरिसकेको छ। शो फिल्मको 'केवा केवा ङाला माया' बोलको गीतबाट हालै सम्पन्न भएको हिमालयन इन्टरनेसनल नेपाल म्युजिक अवार्डबाट उत्कृष्ट अभिनयको अवार्ड हात पारेको थियो ।

त्यस्तै, गायक बोम्जन हिमालयन अवार्डको पब्लिक चोइस बेस्ट तामाङ सेलो मेलमा 'हिउँ झर्ने हिमाली भेग' बोलको गीतबाट अवार्ड जित्न सफल भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu