अदालतको फैसलाको विरोध गर्दै थारू यूवाहरूले रेशम चौधरीको समर्थनमा कालो अबिरको होली खेले

Saturday, 3 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
सबि थारु ,,
दाङ :=टिकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं.१ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि जेलमा राख्ने निर्णय गरेको विरोधमा दाङका थारू यूवाहरूले होली अर्थात फागू को अवसरमा एक कार्यक्रम गरी कालो अबिरको होली खेलेर विरोध गरेकाछन् ।तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाईको माग गर्दै जिल्ला अदालत कैलालीको फैसला सच्याउनु पर्ने दबाब सहित कालो अबिरको होली खेलेका हुन् ।

टिकापुर घटनाको अढाई वर्ष भई सक्दापनि सरकारले थारू समुदायको माग मुद्दाको बेवास्तासगंै टिकापुर घटनाको न्यायीक छानबिन विना नै रेशम चौधरी अदालतमा हाजिर हुँदापनि पुर्पक्षीका लागि अदालतले चौधरीलाई जेल राख्ने गरेको निर्णयको विरोधमा स्वरुप कालो अबिरले होली खेलेको थारू अगुवाहरूले बताएका छन् । साथै चौधरीले देशमा ऐतिहासिक जित हासिल गरेको अवस्थामा उनलाई प्रमाणपत्रका साथै सपथ ग्रहणको वातावरण नमिलाएको भन्दै सरकारले थारू समुदायमाथी झनै अन्याय गरेको आरोप लगाएकाछन् । साथै थारूहरूको माग पुरा नभए थारू बाहुल क्षेत्रमा आन्दोलन चर्काउने बताएकाछन् ।
यस्तै कार्यक्रममा महटावा रेशम चौधरीले गणतन्त्रमा शाषक बदलिए पनि शाषण ब्यवस्था नबदलिएको आरोप लगाउदै टिकापुर घटनामा थारूहरूको भौतिक तथा मानविय क्षतिको छानविन गरि पिडितहरूलाई क्षतिपूर्ति दिनुपर्ने एवं टिकापुरमा थारूहरू माथी घटाइएको दमनकारी घटनाको छानबिनगरि दोषीलाई कारबाही गर्नु पर्ने र कैलाली क्षेत्र नं.१ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित रेशमलाल चौधरीलाई ससम्मान तुरुन्त रिहा गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा, –टिकापुर घटनाको झूठो मुद्दा तुरुन्त खारेज गर् , –माननिय रेशम चौधरीलाई तरुन्त रिहा गर् ,–टिकापुर घटनाको सम्पूर्ण आरोपितहरूलाई रिहा गर्,–३५ हजार जनमतको सम्मान गर् जस्ता लेखिएका प्लेकार्ड बोकिएका थिए । यस्तै कार्यक्रममा रुपलाल चौधरी, तिलक चौधरी,चित्रमान चौधरी, रामप्यारी चौधरी, कुमार चौधरीले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रको सहजिकरण महेश चौधरीले गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu