“सोनाहा विकास समाजको आयोजनामा सहकारीको ब्यवसायिक योजना तालिम सम्पन्न”

Saturday, 31 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
बर्दिया:=सोनाहा विकास समाज राजापुर, बर्दिया गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा सहकारीको ब्यवसायिक योजना तालिम सम्पन्न भएको छ । 

जसमा गुड नेवर्स इन्टरनेशनल ÷ सोनाहा विकास समाजको कार्य क्षेत्रका सहयोग प्राप्त २ वटा सहकारीहरु, क्रमशः असल कृषि सहकारी संस्था लि., र देउथान कषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —२, बर्दिया का सहकारीका १७ जना सदस्यहरुको उपस्थितीमा घोराही दाङ्गका श्री राजेन्द्र रायमाझी ज्युको सहजिकरणमा गेरुवा गाँउपालिका—३, शान्ती बजारमा तालिम सम्पन्न भएको छ । 

उक्त तालिम सहकारीको दिगो विकासद्धारा सामुदायको विकास गर्ने उद्धेश्यले सम्बन्धित सहकारीको सदस्यहरुलाई सहकारीको रणनितिक योजना सहितको सहकारीको ब्यवसायिक योजना बारे जानकारी तथा क्षमता विकासकालागि तालिम संचालन गरिएको थियो । उक्त तालिम मिति २०७४ साल चैत्र १२ गते देखि १५ गते सम्म तालिम संचालन भएको थियो । 


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu