रुपन्देहीको ‘गंगोलिया’ थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस

Tuesday, 20 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्यता रहेको, सामाजिक तथा आर्थिक विकास सूचकाङ्क राष्ट्रिय औषतभन्दा कम रहेको जिल्ला, स्थानीय तह वा वडालाई प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार स्वायत्त क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको नगर उप-प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।थारु समुदायको बाहुल्यता रहेको यो वडा साविक गंगोलिया गाविसमा पर्दछ । भौतिक तथा सामाजिक विकासका हिसाबले यो वडा तिलोत्तमाका अन्य वडाभन्दा पछि रहेको छ ।
स्थानीय वासिन्दाको उत्थानमा विशेष कार्यक्रम सञ्चालन गर्न सहयोग मिल्ने विश्वासका साथ वडालाई स्वायत्त क्षेत्र घोषणाका लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय नगर कार्यपालिकाको बैठकबाट गरिएको वडाध्यक्ष दानबहादुर चौधरीले जानकारी दिए ।वडाध्यक्ष चौधरीका अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा वडा नं. १७ मा ६ हजार बढी जनसंख्या छ । वडाको कुल जनसंख्या मध्ये झण्डै ७० प्रतिशत बासिन्दा थारु समुदायको रहेको वडाध्यक्ष चौधरीले बताए ।स्थानीय सरकार सञ्चालन ऐनमा स्वायत्त क्षेत्रको विकासको लागि नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न वा त्यसका लागि थप बजेट उपलब्ध गराउनुपर्ने उल्लेख छ ।यसरी विशेष कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित जिल्ला सभा, गाउँपालिका वा नगरपालिकासँग समन्वय गर्नुपर्ने पनि ऐनमा व्यवस्था छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu