हमार सनेश सम्बादाता,,
सुनसरी,,सुनसरीको रामधुनिमा जन चेतनाका लागि बाल शोषण र बाल विवाह समबन्धी स्कुलहरुमा चेतना मुलक नाटक प्रस्तुति हुने भएको छ । वालवालिकाहरुको अधिकार हननगरि कम उमेरमा गरिने वालविवाहले वालवलिकाहरुको जिवनमा आउने मानसिक शारिरिक तनावले सम्पुर्ण जिवनलाइ नै तहस नहस गरि दिने हुदा बाल शोषण र बाल विवाह न्यूनीकरणका निम्ति भकरै हुर्की रहेका बाल वालिकालाइ चेतनाका निम्ति यो नाटक प्रस्तुति गर्न लागेको हो।
नाटकमा पपुलर एफ एमका वरिष्ठ हास्य कलाकार कुलदिप चौधरी र चलचित्र संघका जि. अध्यक्ष जानकी चौधरीले प्रमुख भुमिका गर्ने छन। कार्यक्रममा अन्य कलाकारहरु क्रमश: अनुशा चौधरी ,सन्ध्या गुप्ता,सुजन पाँचकोटि,तुलसा देउजा,हिना चौधरी ,रन्जिता चौधरी ,वन्दना चौधरी र मुना खडका रहने छन।
जन चेतनाका निम्ति देखाइने सो नाटक वडा सचीव लिला राज अधिकारिको पहलमा जम्मा ५ वटा स्कुलहरु क्रमश:रामधुनि न.पा.को वडा न.६को आदर्श मा.बि. बकलौरी,वडा ६ कै सरस्वती आधार भुत बिध्यालय ,६ कै पन्चायत आधार भुत बिध्यालय,जन आधार भुत बिध्यालय र पन्चायत मा.बि. चौसठि बिगहामा देखाइने शिक्षक बिजय चौधरीले जानकारी दिनु भयो।
