राम अवतार चाैधरी,
दाङ :=अन्तर जिल्ला साहित्य मिलन-३ तथा अमिलिया सनेस विमाेचन कार्यक्रम सम्पन्न भएकाे छ । दाङ जिल्लाको लमही नगरपालिका-९, रिहार स्थित श्री बगार बाबा मा.वि.मा अाज सम्पन्न भएकाे हाे ।
जिल्ला साहित्य मिलन कार्यक्रमकाे समुदघाट्न गर्नुहुदैँ प्रमुख अतिथि रहनु भएकाे नारायण प्रसाद शर्माले साहित्यले सामाजिक यथार्थ पाेख्ने हुनाले समाजकाे स्वरूपमा परिमार्जन गर्न सक्ने एकदमै कुशल माध्यम भएकाे हुनाले शहरमा मात्रै नभएर साहित्यिक कार्यक्रम गाउँगाउँमा गर्न सके अझ समाज नयाँ मार्गमा जानसक्ने विश्वास्ता पार्दै सिकारु साहित्यमा रुचि राख्ने स्रष्टाहरूकाे खाँचाे रहेकाे गुनासाे पाेख्दै यसमा साहित्य सर्जकहरूले अगामी दिनहरूमा त्रुटिलाई सच्याएर अगाडि बढनु पर्नेमा जाेड् समेत दिनुभएकाे थियो ।
त्यसैगरी विशिष्ट अतिथि रहनुभएका उत्तम कृष्ण मजगैँया कार्यक्रममा बाेल्नु हुदैँ साहित्यिक कार्यक्रमकाे अायाेजनाले दाङ जिल्लामा मात्रै नभएर सबै ठाउँका साहित्यकार लगायत स्रष्टाहरूकाे मनमा जसरी चिसाे माैसममा अागाेकाे ताप्ले मन ताताे हुने गर्दछ त्यसरी नै कार्यक्रमले मन र दिलमा ताप पसेकाे हुनुपर्छ अनि मात्र याे कार्यक्रमले सार्थकता पाउने छ ।
साहित्यिक कार्यक्रममा सहभागी स्रष्टाहरूले पालैपालो अाफ्नाे रचना वाचन गरेर माहाेल नै गर्मागर्म बनाएका थिए । स्रष्टाहरूले रचनामा समाजकाे तिता, मिठा, दु:ख, बेदना, हर्ष, उमङ्ग अनि माया, प्रितिका भावहरूलाई समेतिएर सिर्जना गरेका रचनाहरू वाचन गरिएको अायाेजकले जानकारी गएकाे हाे ।
उक्त कार्यक्रम रिहार जिल्ला साहित्यिक मिलन कार्यक्रम राप्ती साहित्य परिषदकाे अायाेेजनामा, पुरूषाेत्तम खनालकाे अध्यक्षता, नारायण प्रसाद शर्माकाे प्रमुख अातिथ्यता, उत्तम कृष्ण मजगैँयाकाे विशिष्ट अातिथ्यता, साेही मा.वि.का प्राचार्य श्यामबहादुर थारुकाे सहजीकरण, डा. लाेक पराजुलीकाे सञ्चालन र विभिन्न जिल्लाबाट पाल्नु भएका ६१ जना साहित्यिक स्रष्टाहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे र साथै अगामी दिनहरूमा ६ महिना पछि साे कार्यक्रम बाँकेमा हुने समेत अायाेजक समितिले जनाएको छ ।
