सांसद रेशम चौधरी हिरासतमा, सिलवाल संसद भवनमा/के यसैलाई भन्छन जातीय बिभेद?

Saturday, 3 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल संसद भवनमा देखिएका छन् ।एमाले र माओवादीका सांसदहरुको संयुक्त वैठकमा भाग लिन उनी वानेश्वरस्थित संसद भवन पुगेका हुन् ।
गेटमा रहेका प्रहरीले उनलाई रोकेनन् ।
नक्कली कार्य सम्पादन मूल्याङ्कनमा सर्वोच्चको अदालतको फैसलापछि सोधपुछका लागि प्रहरीले पक्राउ पूर्जी काटेर उनलाई लामो समयदेखि खोजी गर्दै आइरहेको थियो । गत पुसमा ललितपुर प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो भने उनलाई भट्टेडाँडामा खोज्न प्रहरीको फौज नै पठाएको थियो । त्यसपछि उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरिएको थियो ।

यति गर्दा पनि सिलवाललाई प्रहरीले भेटाउन सकिरहेको थिएन ।त्यसबीचमा सिलवाल सामाजिक सञ्जालबाट आफ्ना भनाई राख्दै आएका थिए । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनी बालुवाटर समेत पुगिसकेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी सिलवालविरुद्ध सरकारी छाप दस्तखत किर्तेको मुद्धा चलाउन राय दिएको छ । सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ ।
यतिबेला उनको मुद्दा महान्यायीधिवक्तको कार्यालयमा थन्किएर बसेको छ ।

यता सांसद रेशम चौधरीलाई पक्राउ गरेर टिकापुर घटनाको योजनाकार बनाएर ,जबर्जस्ति मुद्दा चलाइएको छ ।पुर्वपक्षको लागी थुनामा राखिएको छ।यो सबै कार्यले के प्रष्ट हुन्छ भने नेपालमा जातीय विभेद बढ्दै गैइरहेको छ र यसमा नेपाल सरकारको पनि ठूलो हात रहेको बुझिन्छ।
अपराध सानो भए पनि ठूलो भए पनि अपराध नै हुन्छ । केपी ओली नेतृत्वको सरकारले अपराध गर्ने आफ्ना दलका नेता र कार्यकर्तालाई संरक्षण गरेको छ । तर, अन्य दलका नेता तथा कार्यकर्तालाई भने हदैसम्मको असंहिष्णु व्यवहार देखाएको आरोप लाग्न थालेको छ ।पावरको आडमा साधारण तह तप्का देखि लिएर कानुन लाई आफ्नो हातमा लिएर नेपाल सरकारले मनमौजी कार्य गर्न थालेका छ्न।
प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए । किर्ते प्रकरणमा शिलवाल लाई समात्न भने जस्तैःटीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी समेत भएका थिए।
मुलुकमा सबैलाई कानून बराबरी लाग्छ भनेर पूर्वडिआईजी समेत रहेका सिलवाललाई पनि चौधरीलाई जस्तै थुनामा राखेर कीर्ते काण्डमाथि छानविन गर्नुपर्ने भनेर आवाज उठ्न थालेको छ ।
सिलवाल ओलीका मान्छे भएका कारण कारबाही हुन सकेको छैन । तर, चौधरीको पक्षमा बोल्ने व्यक्ति कोही पनि छैन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu