हमार सनेश सहकर्मी,
श्रीराम दहित,,
तुलसीपुर/दाङ :=युवायुवती हरुको भेला रिपोर्टस क्लब दाङ तुलसीपुरको कार्यालयमा भएको छ । भेलाले सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँच का अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा बिहिवार एक कार्यक्रम गरेको छ ।कार्यक्रमका वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए ।
भेलाले भाषा ,संस्कृति सकारात्मक रितिरिवाज संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यका साथ सबि थारुको अध्यक्षतामा तेह्र सदस्यीय "ख्याल बगाल "तदर्थ समिति समेत गठन गरेको छ जसको उपाध्यक्ष विष्णु कुसुम ,सचीव प्रवीण चौधरी ,कोषाध्यक्ष महेश चौधरी ,सहसचिव तिर्थराज चौधरी ,सदस्यहरु प्रमोद चौधरी ,उर्मिला चौधरी ,विष्णु चौधरी ,उदिराम चौधरी ,निता चौधरी ,अन्जना चौधरी ,सन्देश चौधरी र शिवहरी चौधरी रहेका छन् ।
ख्याल बगालका सल्लाहकार हरु प्राध्यापक हरु द्वय कनैलाल चौधरी ,के बि चौधरी ,साहित्यकार छबिलाल कोपिला ,शिक्षक श्रीराम दहित ,कानुनी सल्लाहकार हरु अधिवक्ता द्वय रामशरण चौधरी र श्रीराम चौधरी लाई राखेको छ भने प्रेस संयोजकमा थारु पत्रकार संघ प्रदेश पाँचका अध्यक्ष शन्तोष दहित तथा कार्यक्रम संयोजकमा लालु थारु लाई राख्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि रेग्मीले संस्कृति संरक्षण गर्नु भनेको मानव सभ्यताको संरक्षण र सम्बर्द्धन गर्नु हो नवगठित तर्दथ समितिले उद्देश्य बमोजिमको मार्ग पहिचान गर्न सकोस्
भन्दै आफू र संस्थाको तर्फबाट आवस्यक साथ सहयोग रहने बताए ।
नवगठित कार्यसमितिका अध्यक्ष सबि थारुले समाज लाई गतिशील, सभ्य र समृद्ध बनाइ राख्न "मै सभ्य बतु काजे की मै थारु हुइतु " नारा लाई साकार रूपदिन अग्रज बुद्धिजिवि पत्रकार सल्लाहकार हरुको सहयोग सल्लाह र उचित सुझावको सदैव अपेक्षित रहने बताउँदै सहभागीता जनाइ सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण विष्णु कुसुमले गरेकी थिइन् ।
