एसईई परीक्षा सुरुः गणित बाहेकका विषयमा प्रयोगात्मक

Thursday, 22 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीको सहभागी रहने परीक्षा चैत २० गते सम्म सञ्चालन हुने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थीले परीक्षा दिनेछन् ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।परीक्षाका लाग परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले देशभर परीक्षा सुरु भएको जानकारी दिएको छ । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको  एसईई परीक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।जिल्ला जिल्लाबाट शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको र परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी र कर्मचारी पुगिसकेको परीक्ष नियन्त्रण कार्यालयले जनाएको छ ।यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ। 
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।  अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ। 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu