आदिवासी जनजाती महासंघ मलेसियाको बैठक सम्पन्न/महासंघले पीडित नेपालीहरुको धमाधम उद्दार गर्दै

Thursday, 22 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
मार्च २२ तारिख/बिहिवार/क्वालालम्पुर, मलेसिया:=नेपाल अादिवासि जनजाति महासङ्घ राष्ट्रिय समन्वय समिति मलेसिया केन्द्रको बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।मलेसियाको राजधानी क्वालालम्पुरमा महासंघका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाको अध्यक्षतामा बसेको उक्त बैठकले पिटि शेर्पाको ठाउँमा रिक्त रहेको उपाध्यक्ष पदमा शेर्पा किदुग मलेसियाका पुर्व महासचिव तेम्बा शेर्पालाई सर्वसम्मतिबाट मनोनीत गरिएको छ। त्यस्तै मलेसियाको बसाई सकेर नेपाल फर्केका चक्र तामाङ रहेको महासचिव पदमा बर्तमान सचिव भिम बानु किराँती लाई सर्वसम्मतिबाट नै महासचिवमा मनोनीत गरेको छ साथै भिम बानु महासचिव भए पछि रिक्त सचिव पदमा सदस्य तथा अनुशासन बिभाग प्रमुख रविन राई लाई मनोनीत गरिएको छ।साथै पुर्व सदस्य न्वाङ नुरि शेर्पा खालि रहेको पदमा कृष्ण बहादुर तामाङ्ग लाई समेत मनोनीत गरिएको छ।
महासङ्घको बैठकले पदपुर्ति सहित अन्य निर्णयहरु पनि गरेको छ। महासङ्घले यहाँ मलेसियामा रहेका विभिन्न जातीय संघसँस्थाहरु संग मिलेर बुद्द जयन्ति पनि भब्यताका साथ मनाउने निर्णय गरेको र जयन्ती मनाउने आवश्यक त्यारी पनि थाली सकेको छ।
बिगत ३ बर्ष देखि अबैधानिक रुपमा काम गरिरहेका धार्दिङ जिल्ला कुल्लु गाउपालिका घर भएका प्रेम विश्वकर्मा लाई घर फर्किनको लागि अध्यक्ष शेर्पाको पहलमा महासंघ मलेसियाले आवश्यक पर्ने सम्पुर्ण कागजात त्यार गरि हवाई टिकट पनि उपलब्ध गराएका छ्न।
पीडित प्रेम बिक बिगत ३ बर्ष देखि अबैध रुपमा काम गर्दै बसेका थिए । अचानक उनको स्वास्थ अवस्थामा गडबडी देखिए पछि घर जाने कुनै पनि उपाय नभएको बेला महासंघको सम्पर्कमा आए पछि उनको उद्दार कार्य थाल्यो । महासंघक‌ै अनुर‍ोधमा घर फिर्ति केन्द्रमा लाग्ने सम्पुर्ण खर्च मिनाहा गर्न लगाउनुको साथै hn harpase company का कर्मचारि शान्ता चेम्जोङ्ग ले आर एम ६७८ सहयोग स्वरुप मिनाहा गर्नु भएको छ।


नेपाली हो मानवताको हिसाबले हामीले जातिय भेदभाव नगरि सहयोग गरिरहेका छौ ,अादिवासि जनजाति महासंघ मलेसियाले अादिवासि जनजातीलाई मात्र सहयोग गर्ने हैन परेको बेला यहाँ मलेसियामा कार्यरत रहेका पीडित सबै नेपालीलाई कुनै किसिमको भेदभाव नगरी सक्दो सहयोग गर्दै आइ रहेको र आगामी दिनमा पनि गर्दै जाने अध्यक्ष शेर्पाको भनाइ रहेको छ।महासंघकै सहयोगमा प्रेम विश्वकर्मा २० तारिख मंगलबार हिमालयन एयरलाईन्सबाट सकुशल नेपाल फर्कि सकेका छ्न।
त्यसै गरि बिगत ३ बर्ष देखि नै मलेसियामा अबैधानिक(गैर कानुनी)रुपमा कार्यरत रहेका काभ्रे पलान्चोक निवासी अङ्गेस तामाङलाई यहाँका इमिग्रेसन डिपार्टमेन्टको पुलिसले समातेर जेल हालेका थिए जेल सजाय पूरा गरि घर फर्किनु भन्दा दुई दिन पहिला स्वास्थ्य स्थिति खराब भैइ  अस्पतालमा उपचारार्थ रहेका बेला निजको मृत्यु भएका थिए ।मृतक तामाङको शव नेपाल पठाउन पनि आदिवासी जनजाती महासंघ मलेसियाले आवश्यक प्रक्रिया पूरा गरि सकेको र मृतकको शव नेपाली राजदुतावासको विशेष सहयोगमा हिजो बुधबार राती ९:०० बजे थाइ एयरओयज (thai airways)बाट नेपाल पठाइ सकेको र केही समयमा निजको परिवारले शव बुझ्ने शेर्पाले जानकारी गराउनु भयो।
अादिवासि जनजाति महासङ्घ मलेसियाले बिगतमा पनि पीडितहरुको उद्दार कार्यमा सक्दो सहयोग गर्दै आइ रहेको र आउने दिनमा पनि यहाँ रहेका विभिन्न जातीय संघसँस्थाहरु संगको सहकार्यमा बढी भन्दा बढी पीडितहरुको सक्दो उद्दार र सहयोग गर्नेछ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu