एसइइ परीक्षा दिने छात्रा मृत फेला ( Rip )

Wednesday, 28 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुर्खेत:= सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ मा एसइई परीक्षा दिइरहेकी एक छात्रा मृत अवस्थामा फेला परेकी छन् । पञ्चपुरी नगरपालिका– ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
मृतक छात्रा सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे सालकोटमा अध्ययनरत थिइन् । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा चोटपटक पनि देखिएकाले हत्या भएको प्रहरीले आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमूख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेकाले अनुसन्धान जारी रहेकाे जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu