Home
News
ओलीले मधेश आन्दोलनमा झारेको आप टिप्न उपेन्द्र र महन्थ सिंहदरवार जादैं ।
ओलीले मधेश आन्दोलनमा झारेको आप टिप्न उपेन्द्र र महन्थ सिंहदरवार जादैं ।
Posted By :- Admin {Hamar Sanesh}
रौतहट:= नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनमा बोलेका केहि शब्दहरु व्यापक चर्चामा आएको छ ।
मधेश आन्दोलनमा बेला सरकारी पक्षबाट मारिएका मधेशका शहिदहरुलाई आपको संज्ञया दिएका ओली नेतृत्वकै सरकारमा तिनै मधेशी नेताहरु जान थालेको देख्दा सारा नेपाली नै चकित भएका छन् ।
मधेश आन्दोलनलाई जडै देखि सखाप पार्न खोजेका पार्टी एवम पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा निर्माण हुन लागेको सरकारमा उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल तथा महन्थ ठाकुर लयायत ६ जना अध्यक्ष नेतृत्वको राजपा नेपाल बर्तमान सरकारमा सहभागी हुन थाले पछि समाजिक सजाल देखि अन्य स्थानहरु तथा विभिन्न संचारमाध्यमहरुमा पनि चर्चाको विषय नै बनेको छ।मधेशी दल तथा तिनका नेतालाई देख्न नसक्ने एमाले अहिले तिनै मधेशी दलहरुका नेताहरुलाई सरकारमा ल्याउन दिनरात कसरतमा जुटेका छन् भने मधेश र मधेशीदलको दुश्मनका रुपमा स्थापित रहेको एमालेकै सरकारमा जान तिनै मधेशी दलहरु देशी तथा विदेशी शक्तिहरुको प्रयोग गर्न भ्याइ न
भ्याइ भएका छन् ।
केही समय अगाडि मात्रै राजपाबाट समानुपातिकको उम्मेदवारका रुपमा चिनिएका पत्रकार एवम लेखक श्रीमननारायणले आफना फेसबुक वालमा मधेशीदलहरुको रबैवा तथा तिनका चरित्रकाबारेमा टिप्पणी समेत गरेका छन् ।
उनी त एउटा पात्र मात्र हुन् उनी जस्ता लाखौं मधेशीहरु मधेशीदलहका नेताका रबैया प्रति दुःख तथा अपशब्द टिप्पणी समेत गरिरहेको सजिलै देखिन पाई रहेको छ ।
मधेश र मधेशीको समस्या समाधान नै नगरि आफना निजी स्वार्थका लागि बर्तमान सरकारमा सरिक हुने छाटघाट देखिए पछि सबैले ओलीले झारेको आप टिप्न उपेन्द्र र महन्थ सिंहदरवार जादैं गरेको आरोप लगाउन थालेका छन् ।